बर्दघाट र प्रतापपुरले हावाहुरी प्रभावितहरुलाई सहयोग गर्दै

0

बर्दघाट – नवलपरासी बर्दघाट सुस्ता पश्चिमस्थित बर्दघाट नगरापलिकाका सोह्रै वडाका जनप्रतिनिधिले बारा र पर्सामा आएको विनाशकारी आँधीबाट ज्यान गुमाउनेहरुको परिवार आफ्नो एक दिनको तलब दिने बताएका छन ।

बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याल, बर्दघाट नगर उपप्रमुख माया देवी पौडेल सहित बर्दघाटका सम्पुर्ण जनप्रतिनिधीहरुले आफुहरुले आफ्नो एक दिनको तलब हावाहुरी प्रभावितहरुलाई उपलब्ध गराउने र सो रकम प्रदेश नम्बर २ को मुख्यमन्त्री राहत संकलन कोषमा जम्मा गरिने बताएका हुन । त्यस्तै प्रतापपुर गाउपालिकाले समेत यही चैत १७ गते बारा र पर्सामा आएको भीषण हावाहुरिबाट ज्यान गुमाउनेहरुको परिवार प्रति गाउँपालिकाले सम्बेदना प्रकट गर्दै गाउपालिकाका सम्पुर्ण कर्मचारी, जनप्रतिनिधिहरुको तर्फबाट १ लाख रुपिया राहत उपलब्ध गराउने भएको छ । हावाहुरीबाट घाइते हुनेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मुख्यमन्त्री राहत कोष प्रदेश न २ को खातामा गाउँपालिकाले रु १ लाख रकम सहयोग स्वरुप पठाउने प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले बताउनु भएको छ ।

You might also like