हराएको ६ दिन हुदाँ समेत अझै फेला परेनन बालक

0

चौपता – चैत्र १० गते घरबाट बिद्यालय जान हिडेका बर्दघाट १२ पूर्नवास सफैयाका १५ बर्षिय बालक बिजय भन्ने प्रेम पाण्डे अझै फेला परेनन् । स्थानीय अर्जुन पाण्डेका अनुसार ज्ञानकुन्ज शिक्षा सदन बोर्डिग स्कुलमा अध्ययन गर्ने जेहेन्दार बालक फेला नपरे पछि उनको खोजीमा प्रहरी नलागेको भन्दै स्थानीय आक्रोशित हुदै आएका छन ।

यसैबीचमा उनको बिद्यालयको पोशाक भने बर्दघाट नगरपालिका ७ को गंगाबस्तीको जंगलमा प्रहरीले फेला पारे पछि घटनाले नयाँ मोड लिएको भन्दै स्थानीय चिन्तित भएका छन् । हालसम्म पनि बालकको बारेमा कुनै खबर नआउनु,स्कुलको पोशाक भेटाईनु जस्ता घटनाले यहाँका जनजीबनमा समेत संशय पैदा गरेको हो । तर, प्रहरी स्रोतका अनुसार बालकको खोजी कार्यका लागि प्रहरीले सादा पोसाकमा प्रहरी परिचालन देखि लिएर आफ्ना काउन्टर पार्टसलाई समेत समन्वय गरेको छ । उता जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्र प्रसाद भटटले बालकको खोजी कार्य भइरहेको जानकारी दिदै – नजिकका जिल्ला तथा भारततर्फ समेत खोजी कार्य भइरहेको छ । हुलियाँ सबै ठाउमा पठाइएको छ । खोजी कार्यमा प्रगति हुन्छ – भन्नुभयो ।

You might also like