महोत्सवको तयारी अन्तिम चरणमा , उपराष्ट्रपति पुनले उद्घाटन गर्ने

0

भुमहीः पश्चिम नवलपरासीको सुनवल १३ बडेरामा हुन लागेको प्रथम औद्योगिक ब्यापार मेला तथा लोक सांस्कृतिक पर्यटन महोत्सवको तयारी अन्तिम चरण पुगेको छ । उपराष्ट्रपति नन्द किशोर पुनले यहि माघ १७ गते उद्घाटन गर्ने मेला माघ २८ गते सम्म संचालन हुनेछ । उपराष्ट्रपति पुनले सो कार्यक्रमका लागि माघ १६ गते नै पश्चिम नवलपरासी आउने कार्यक्रम रहेको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नवलपरासीका अध्यक्ष भरत क्षेत्रीले बताउनुभयो । पुनले १६ गते पवित्र धार्मिक तिर्थस्थल त्रिवेणीधामको अवलोकन गर्ने र १७ गते विहान बुद्धको मावली स्थल देवदहको समेत अवलोकन गर्ने कायक्रम तय भएको क्षेत्रीले बताउनुभयो । उपराष्ट्रपतिले मेलाको उद्घाटनका गर्ने तय भएपछि कार्यक्रमलाई भब्य बनाउनका लागि आवश्यक सवै तयारी गरिसकिएको उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्यले बताउनुभयो । उद्घाटनमा विभिन्न जात जातिका कला संस्कृति झल्किने बृहत झांकीको समेत तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

You might also like