प्रजिअसहितको टोलीद्धारा एसईई परिक्षा अनुगमन

0

नवलपरासी – एसईई परिक्षाको तेस्रो दिन प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछाने सहितको टोलीले अनुगमन तथा निरीक्षण गरेको छ । बुधवार गणित बिषयको परिक्षा प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछाने सहितको टोलीले अनुगमन तथा निरीक्षण गरेको हो । टोलीमा पत्रकार सहित सुरक्षा निकायका प्रमुख सहभागी थिए ।

सोही क्रममा टोलीले बर्दघाट ९ भुताहास्थित राजामहात्मा पुर्णभद्र माविमा रहेको परिक्षा केन्द्र र दिब्यज्योति मावि बर्दघाट २ चिसापानीको केन्द्रको समेत अनुगमन गरेको थियो । अनुगमनका परिक्षा अत्यन्त मर्यादित भएको पाइएको प्रजिअ लामिछानेले दावी गर्नुभयो । एसईई परिक्षा अत्यन्त मर्यादित र शान्ति पुर्ण भएको पायौ – प्रजिअ लामिछानेले भन्नुभयो – सबै सरोकारवालाको सहयोगबाट परिक्षा मर्यादित भइरहेको छ । अझै पनि सहयोगका अपेक्षा गरेका छौ ।

टोलीले परिक्षालाई नियमित र छडके रुपमा अनुगमन गर्ने प्रजिअ लामिछानेले जानकारी दिनुभयो ।

You might also like