मदन भण्डारी बौद्धिक मञ्चद्वारा ओली नेतृत्वको सरकार ढाल्न पाईदैन भन्दै खबरदारी जुलुस प्रर्दशन

0

गौरीशंकर जयसवाल

परासी १९ असार – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न पाईदैन भन्दै पश्चिम नवलपरासीको बर्दघाटमा मदन भण्डारी बौद्धिक मञ्च नवलपरासीले खबरदारी जुलुस गरेको छ । बैदेशिक हस्तक्षेप बन्द गरौ राष्टिय एकता कायम गरौ, फेर्नु पर्छ देशको चाडै मुहार पाँच बर्ष स्थिर सरकार सहित प्लेकार्ड सहित खबरदारी जुलुस गरेका थिए ।

ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग भइरहेका बेला समर्थक मञ्चले दुवै पदबाट ओलीलाई हटाउन नहुने नारासहित खबदारी गरेका हुन ।

उनीहरुले कोरोना महामरीबिरुद्ध लडिरहेको अवस्थामा सररकालाई सहयोग गर्नुपर्नेमा जोेड दिएका थिए ।बर्दघाट नगरपालिकाको चिसापानीबाट निस्केको खबदारी जुलुस बर्दघाट बजार परिक्रम गरी कोण सभा परिणत भएको थियो ।

कोण सभामा बोल्दै जेष्ठ कम्युनिष्ट मञ्चका पूर्व केन्द्रिय सल्लहकार खिमलाल पोखरेलले पाटीभित्र सरकार ढल्न खोजिएको र भारतीय बिस्तारबाद पनि सक्रिय रहेकाले त्यसको निम्ति खबरदारी जुलुस गरिएको बताए । ओली सरकार नै पाँच बर्ष कस्थिर सरकार चलाउन पाउनु पर्छ जोड दिएका थिए । खबरदारी जुलुसमा बिभिन्न बौैद्धिक व्यक्तिहरुको सहभागिता रहेको थियो ।

You might also like