डेबिसस्कुल द्धारा बिबिध सांस्कृतिक कार्यक्रम सम्पन्न

0

दिपेश पौडेल – सविना सुवेदी
बर्दघाट – पश्चिम नवलपरासीको बर्दघाटमा रहेको डेबिस स्कुलले आइतवार बिबिध सास्कृतिक कार्यक्रम सहित अभिभावकलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बिद्यार्थीलाई भेषभुषा र पहिचान संगै अतिरिक्त क्रियाकलापमा सहभागी गराउन बिद्यालयले कार्यक्रम गरेको हो । कार्यक्रममा ब्याब्सनका केन्द्रीय सहअध्यक्ष डिके ढुंगाना प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि ढुंगानाले निजी बिद्यालयले राष्ट्र निर्माणमा अहम भुमिका खेलेको बताउदै बिद्यार्थी शिक्षक तथा अभिभावकबीचको सहकार्यबाट शैक्षिक प्रगति हुने बताउनुभयो । कार्यक्रममा बिबिध सास्कृतिक कार्यक्रमका साथै टयालेन्ट सो गरिएको बिद्यालयका प्रिन्सिपल सुर्वण न्यौपानेले जानकारी दिनुभयो । कार्यक्रममा अभिभावकहरुलाई अभिमुखीकरण समेत गरिएको बिद्यालयले जनाएको छ । सो कार्यक्रमको संचालन बिद्यालयका शिक्षक बिष्णु चालिसेले गर्नुभएको बताइएकोछ ।

You might also like