फर्मबाटै ‘खोसाखोस’ बिक्री हुन्छ दैनिक ३ सय लिटर भैसीको दुध

0

बर्दघाट – पश्चिम नवलपरासीको बर्दघाट –४ का राजेश कण्डेल र थानेश्वर कण्डेल दाजुभाईले दैनिक ३ सय लिटर भन्दा बढी दुध बेचेर आम्दानी गर्दै आएका छन् । ५० वटा भैसी पाल्दै आएका कण्डेल दाजुभाइले दाजुभाई कृषि फार्म संचालन गर्दै दैनिक ३ सय लिटर बढि दुध बेचेका छन ।
दैनिक सो मात्रामा दुध बेच्दाँ दाजुभाईले मासिक ६ लाख बढिको दुध बिक्री हुने गर्दछ । मासिक ६ लाखको दुध बेच्ने सो फर्ममा ६ जना कामदारले समेत रोजगार पाएका छन् ।


फर्म संचालन राजेश कण्डेलका अनुसार मासिक रुपमा दाना र परालमा ३ लाख जति खर्च हुन्छ भने पारिश्रमिकमा समेत खर्च हुने गरेको छ । सधै एकैनाशको नहुने भएकोले बार्षिक कति हुन्छ भन्न सकिन्न तर दैनिक ३ सय लिटर दुध फर्मबाटै बिक्री गर्दै आएका छौ – राजेशले भन्नुभयो ।
सरकारले कृषि उत्पादनका लागेका लाई अनुदान दिन्छ भन्ने सुनेपनि त्यस्तो अनुदान आफूले नपाएको उहाँको भनाई थियो । पाए अझ गर्न सक्थ्यौ – कण्डेलले भन्नुभयो – तर गरेकै छौ गरे जस्तै भएको छ । उत्साही छौ ।
फर्मबाटै प्रतिलिटर रु ७५ मा दुध बिक्री हुने गरेको जनाइएको छ । त्यस्तै कण्डेल दाजुभाईको मिहिनेत र लगन राम्रो रहेको फर्मका छिमेकीहरु बताउछन ।

You might also like