बैकका कर्मचारीमा कोरोना देखिएपछि बैक सिल

0

साउन २० ।

रुपन्देहीको देवदह खैरेनीमा रहेको गरिमा विकास बैंकका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैक सिल गरीएको छ ।  लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको पिसिआर परिक्षणकामा कोरोना संक्रमण पुष्टि भएपछि बैक सिल गरीएको हो ।

बैंककी शाखा प्रमुख कबिता शर्माका अनुसार उनी ५ दिनदेखि रुघा र ज्वरो आएपछि बिदामा बसेका थिए। बैंकको लोन शाखामा कार्यरत उनी आफैँ सोमबार लुम्बिनी प्रादेशिक अस्पतालमा गएर कोरोना परीक्षण गराएका थिए । देवदहमा यस अघि विदेशबाट आएर क्वारेनटाइनमा बसेकाहरुमा मात्रै कोरोना देखिएको थियो । बैकको कर्मचारीमा कोरोना देखिए संगै समुदाय स्तरमा पनि कोरोना संक्रमण फैलिएको पुष्टि भएको छ ।

Davdaha television

You might also like