जनकल्याण साकोसद्वारा आगामी वर्षको नीति कार्यक्रम माथि अन्तरक्रिया सम्पन्न

0

प्रकाश न्यौपाने
बर्दघाट ६ असार  :  पश्चिम नवलपरासीको बर्दघाट ९ भानुनगरमा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले आगामी आर्थिक बर्ष २०७७÷०७८ को नीति तथा बजेट नीति कार्यक्रम तथा बजेट माथिको अन्तरक्रिया शनिवार सम्पन्न गरेको छ ।

कार्यक्रममा अध्यक्ष डिक बहादुर पाण्डेले सदस्यता वृद्धिमा २५ प्रतिशत र वासलातमा २० प्रतिशत वृद्धि गरिने नीति लिएको जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाले हाल कायम रहेको संस्थाको शेयर पुंजी ३ करोड १७ लाख लाइ वृद्धि गरी ५ करोड मा पु¥याइने र बालवालिकालाई केन्द्रीत गरी कोपिला बचत खाता सञ्चालन गरी १ सय २५ जना बालबालिकाहरुलाई सदस्य बनाउने लक्ष्य लिएको छ ।

कार्यक्रममा चालु आर्थिक वर्ष २०७६÷०७७ को जेष्ठ मसान्तसम्मको समिक्षा र आगामि आर्थिक वर्षको बजेटको प्रस्तुति संस्थाका व्यवस्थापक यमलाल खरेलले गर्नुभएको थियो । त्यस्तै आगामी आर्थिक वर्षको नीति कार्यक्रमको प्रस्तुति सह व्यवस्थापक बिमल चन्द्र घिमिरेले गर्नुभएको थियो । संस्थाका अध्यक्ष डिक बहादुर पाण्डेको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सञ्चालक समिति सदस्य प्रकाश न्यौपानेले गर्नुभएको थियो ।

You might also like