क्रान्तिकारी किसान महासंघमा तामाङ महासचिवमा पोखरेल निर्वाचित

0

चितवन । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी निकट अखिल नेपाल किसान संघ (क्रान्तिकारी)को चितवनमा सम्पन्न राष्टिय भेलाले अब संघलाई महासंघीय संरचनामा लग्दै संगठनको नाम अखिल नेपाल नेपाल किसान महासंघ (क्रान्तिकारी ) बनाएको छ । र किसान महासंघ(क्रान्तिकारी)को पहिलो अध्यक्षमा सीताराम तामाङ र महासचिवमा धनेश्वर पोखरेललाई निर्वाचित गरेको छ । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’को प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले ४५ सदस्यीय महासंघको केन्द्रीय समिति निर्माण गरेको छ ।
चितवनको मंगलपुरमा सम्पन्न भेलाले महासंघको आंगिक संघहरुको निर्माण, महासंघका नीति तथा कार्यक्रम र संघर्षका योजनाहरुको तर्जुमा निर्वाचित समितिको पहिलो बैठकबाट गर्ने निर्णय गरेको छ । निर्वाचित समितिको पहिलो बैठक चैत्र २६ मा काठमाडौंमा बस्ने ठेगान गरिएको छ ।
भेलामा संगठनका पार्टी पार्टी विविएम चन्द्रहरि सुवेदी, कमल चौधरी, निवर्तमान अध्यक्ष तथा पार्टीका सल्लाहकार भुमिश्वर कँडेल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

You might also like