कोरोना भाइरसको बहानामा कमिशनको खेल : क्रान्तिकारी माओवादी चितवन

0

चितवन १६ भदौं : नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला समिति चितवनले सरकार नागरिकको स्वास्थ्य प्रति संबेदनशिल हुन नसकेको बताएको छ । सो पार्टीका जिल्ला सेक्रेटरी अशोक शर्माले मंगलवार प्रेस बक्तब्य जारी गर्दै कोरोना भाइरसको बहानामा सत्ता र स्वार्थका खेलहरु भएको भन्दै त्यस प्रति गम्भिर ध्यानाकर्षण भएको जनाउनुभएको हो । उक्त पार्टीद्वारा सार्वजनिक ३ बुदें बिज्ञप्तिमा स्थानीय तह तथा सरोकारावलाहरु कमिशनको खेलमा डुबेको उल्लेख गरिएको छ । बिज्ञप्तिमा जनताको स्वास्थ्य प्रति भएको खेलबाड प्रति क्रान्तिकारी माओवादी कडा संघर्षमा उत्रन वाध्य हुने चेतावनी दिइएको छ ।

You might also like