प्रतापपुर गाउपालिकाद्धारा विपन्न कृषकलाई बाख्रा बुङगुर र चापकटर बितरण

0

बेलाटारी – पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिकाले विपन्नका लागि बाख्रा तथा बुङगुर एंव चापकटर वितरण गरेको छ । पालिकाले सोमवार सो कार्यक्रम सम्पन्न गरेको थियो ।

कार्यक्रममा प्रतापपुर गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम गाहाले मुख्य मन्त्री ग्रामिण विकास कार्यक्रम अन्तरगत सो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा १६ परिवारलाई दुईदुई वटाका दरले उन्नत बाख्रा र ३ परिवारलाई बुङगुर र एक जनालाई चापकटर दिइएको थियो । गाउपालिकाबाट जिविकोपार्जनका लागि बाख्रा र बुङगुर पाउपछि स्थानीयवासी हर्षित भएका थिए ।

गाउपालिकाको वडा नम्बर ९ को अटलहीमा सो कार्यक्रम भएको थियो । कार्यक्रम राजेश सिंह थापाको अध्यक्षतामा भएको थियो ।

You might also like