लुम्बिनीको पर्साचोक र सैनामैनाको रामापुर कोलोनीमा कार्यक्रम सम्पन्न

0

रामापुर (कोलोनी) रुपन्देही – नेकपा (क्रान्तिकारी माओवादी ) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको मेची महाकाली जनजागरण अभियान अन्तरगत लुम्बिनीस्थित पर्साचोक र सैनामैना नगरपालिकाको रामापुर कलोनीमा शनिवार सम्पन्न भयो । लुम्बिनीको पर्साचोकमा भएको कोणसभामा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हिरामणी दुःखी र अर्का नेता मोजिव अलीले सम्बोधन गर्दै सर्वहारा बर्ग आदिवासी जनजाति मधेशी तथा अल्पसंख्यकको पार्टी क्रान्तिकारी माओवादी रहेको गर्नुभएको थियो ।त्यस्तै रामापुर कोलोनीमा भएको कार्यक्रममा बोल्दै क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला ईञ्चार्ज धनेश्वर पोख्रेलले नक्कली नक्सा प्रयोग गर्नेहरुले बामपन्थी हुँ भन्न नमिल्ने बताउनुभयो । त्यस्तै कार्यक्रममा देशको सिमाना मिचिदाँ नबोल्ने केपी ओली सरकारको औचित्य सकिएको बताउनुभयो । उहाँले सरकार छ उसको कान छैन आखाँ छैन बोल्ने मुख छैन भन्नुभयो । उहाँले देजमोले उठाएका माग हरु सम्बोधन नगरे संर्घषको बाटोमा अगाडि बढने बताउनुभयो । र्यक्रममा सैनामैना नगरपालिकाका नगर सेक्रेटरी एकदेव पौडेलको संचालन रहेको थियो ।

You might also like