यी हुन् निजामति सेवा दिवसमा पुरस्कृत कर्मचारी

0

२२ भदौ ,काठमाडौं :

१७औँ निजामती सेवा दिवसमा ४० जना कर्मचारी पुरस्कृत गरिएको छ। यो वर्ष पनि सर्वोकृष्ठ  निजामति सेवा पुरस्कार भने कसैलाई वितरण गरिएन।  निजामती दिवसको अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने निजामती कर्मचारीहरूलाई पुरस्कृत गर्ने परम्परा अनुसार १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कारबाट पुरस्कृत गरिएको हो।

उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने १० जना कर्मचारीहरूमा काठमाडौंका प्रजिअ जनकराज दाहाल, नेपाली राजदुतावास, बेजिङका सहसचिवसुशील कुमार लम्साल, कानुन मन्त्रालयका सहसचिव मानबहादुर अर्याल, नापी विभागका महानिर्देशक  प्रकाश जोशी,  संघीय मामिला मन्त्रालयका उपसचिव डिलाराम पन्थी, सीडीई सुरतकुमार बम, लोक सेवाका उपसचिव टामलाल पाण्डे, प्रसासकीय अधिकृत  सुवास श्रेष्ठ, उषादेवी देवकोटा र धनबहादुर लामा रहेका छन्।

त्यसैगरी ३० जना कर्मचारीलाई निजामती पुरस्कारले पुरस्कृत गरिएको छ। निजामती कर्मचारीबाट पुरस्कृत हुने रघुराम विष्ट, कुवेर नेपाली, गोपालप्रसाद रिजाल, भीमकुमार श्रेष्ठ, खोमराज कोइराला, रोशनी देवी कार्की, अञ्जनकुमार मिश्र, डा. वीरेन्द्रकुमार मिश्र, बाबुराज अधिकारी, टिकाराम ढकाल, रञ्जितकुमार भट्ट, सन्तोष निरौला, सावित्री पौडेल बेलबासे, मञ्जु सिंह भण्डारी थापा, सन्तोष दर्जी, इन्दिरा ज्ञवाली, गजराज घिमिरे, नानुका पोखरेल आचार्य रहेका छन्।

यसै गरी प्रकाश प्रेमी गैरे, जयदेव विष्ट, लालबहादुर विष्ट, मनिला मादेन, सुदर्शन खनाल, शिमला श्रेष्ठ, भरतकुमार कार्की, उमेश घटवार, सरस्वतीकुमारी श्रेष्ठ, गेदलाल खत्री, कमला थापा र अनुज फुयाँल रहेका छन्।..Annapurn post

You might also like