यस्ता छन् दे.ज.मो-नेपालको अभियान टोलीको आजको कार्यतालिका

0

रवि पाण्डे रुपन्देही (सालझण्डी ) फागुन १८ – नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालको देशव्यापी मेची महाकाली अभियान अन्तर्गत आज (शनिवार ) पत्रकार सम्मेलन सहितका कार्यक्रम सार्वजनिक भएको छ । अभियान टोलीले शुक्रवार रुपन्देहीको कञ्चन गाउपालिकाबाट अभियान शुरु गरेको थियो । देजमो नेपालका सचिव परी थापा नेतृत्वमा पश्चिम कमाण्ड र पुर्वी कमाण्डमा देजमो नेपालका अध्यक्ष सिपी गजुरेल नेतृत्वमा अभियान टोली क्रियाशिल रहेको छ । नेकपा (क्रान्तिकारी माओवादी ) रुपन्देहीका सेक्रेटरी मणिले दिएको जानकारी अनुसार
कञ्चन गाउपालिकाको हरैया चोकको कोणसभाबाट शुरु हुने अभियान लुम्बिनीको पर्सा चौडा , १२ बजे सैनामैनाको रामपुरचोक हुदै २ बजे बुटवलमा जनसभा गरी २ः३० बजे बुटवलमा पत्रकार सम्मेलन गर्नेछ । त्यस्तै पत्रकार सम्मेलन पछि ४ बजे भैरहवामा पत्रकार भेटघाट गर्दै टोलीले धकधईमा जनसभापछि देवदहको खैरेनीमा पुग्नेछ । शनिवार खैरेनीको बसाई पछि १९ गते पश्चिम नवलपरासीको सुनवलको
अस्नैयामा कार्यक्रम गर्ने तय भएको क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीले जनाएको छ । त्यस्तै पूर्वी टोलीले रौतहटको गरुडा झांसपुरमा पज्ञकार भेटघाट सहित शुरु हुने कार्यक्रम बाराको सिम्रौनगढ , पिपरपाती महागढीमाई, कलैया र बीरगंजमा जनसभा गर्दै जितपुरमा बास बस्ने टोलीले जनाएको छ ।

You might also like