मुलुकमा सिक्किमिकरणको खतरा : गजुरेल

0

लोकराज जैसी, धनुषा – देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले मुलुकमा सिक्किमीकरणको खतरा बढेको बताउनुभएको छ । मेचीमहाकाली अभियानलाई पूर्वबाट नेतृत्व गर्दै अगाडि बढेका गजुरेलले मंगलबार धनुषाको जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताउनुभयो ।
उहाँले मुलुकमा सिक्किमीकरणको खतरा बढेकोप्रति चिन्ता व्यक्त गर्दै ओली सरकारको पालामा सीमा क्षेत्रमा धेरै प्रकारमा समस्याहरु बढ्यो तर त्यसको समाधानको लागि वर्तमान व्यवस्था नै बदल्नु पर्ने छ । यो व्यवस्था रही रहे मुलुक सिक्किमीकरणको दिशामा अगाडि बढ्छ ।’ भन्नुभयो ।
गत मंगलबारदेखि देशव्यापी मेची महाकाली अभियानमा रहेको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले एक साता पछि मंगलबार धनुषाको जनकपुरमा पत्रकार सम्मेलन गरेको हो । मोर्चाले चलाएको अभियानका विषयमा जानकारी दिने उद्देश्यले उक्त पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
अध्यक्ष गजुरेलले ओली नेतृत्वको सरकारको पालामा सबैभन्दा बढि भ्रष्टाचार र सामाजिक अपराधका घटनाहरु भएको र मुलुकको आन्तरिक सुरक्षा नीतिमा हस्तक्षेप बढेको भन्दै त्यस्तो राष्ट्रघाती, जनघाती सरकारलाई सडक आन्दोलन मार्फत खारेज गर्ने बताउनुभयो । नेता गजुरेलले मुलुकमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु दिन दिनै बढ्दै गएको बताए । उहाँले शिक्षा, स्वास्थ्य, रोजगार, गाँस, बाँस र कपास जस्ता मानिसको लागि आधारभूत आवश्यकताको परिपूर्ति राज्यले गर्नुपर्नेमा त्यस्तो नगरिएको पनि बताउनुभयो ।

You might also like