क्रान्तिकारी युवा लीग सुर्खेतका नेता पक्राउ , फाशिष्ट शैलीमा पक्राउ गरिएको भन्दै निन्दा

0

बुटवल – मोहन बैद्य किरणले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी माओवादी) निकट सहायक संगठन क्रान्तिकारी युवा लीगका नेता मिलन शाहीलाई प्रहरीले सोमवार सुर्खेतबाट पक्राउ गरेको छ । सुर्खेत प्रहरीले पसलमा सामान किन्ने क्रममा एक्कासी पक्राउ शाहीलाई पक्राउ गरेको उक्त संगठनले जनाएको छ । लीगका जिल्ला समिति सदस्य शाहीलाई वाङ्गेसिमल स्थित एक पसलमा सामान किन्ने क्रममा प्रहरीले एक्कासी पक्राउ गरेको हो । शाहीलाई पक्राउ गरिएकोमा क्रान्तिकारी युवा लिगका नेताहरुले विरोध गरेका छन । त्यस्तै क्रान्तिकारी युवा लिग सुर्खेतले ओली सरकार जनघात तथा फाशिष्ट शैलीमा अघि बढेको भन्दै तत्काल संगठनका नेता शाहीलाई बिना सर्त रिहा नगरे कडा संघर्षमा उत्रिने चेतावनी दिएको छ । उहाँले सुर्खेतमा सम्पन्न भएको देशभक्त जनगणतान्त्रीक मोर्चाको जनसभापछि त्यहाँ पुगेको अवस्थामा बिना कारण पक्राउ गरेको गरेको बताएका बताइएको छ । संगठनका नेताको बिना कारण गिरफ्तारीको विषयले आफुहरुलाई अचम्म लागेको उक्त पार्र्टीका केन्द्रीय सदस्य तथा प्रदेश कार्यवाहक सेक्रेटरी कृष्ण गुरुङले बताउनुभयो । उहाँले ओली सरकारको नाङ्गो रुप देखिएको भन्दै घटनाको निन्दासमेत गर्नुभयो । पक्राउको विषयमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी प्रदिप क्षेत्रीले पक्राउको बिषयमा आफुलाई जानकारी नभएको बताउनुभयो । उहाँले खेल खेल्ने क्रममा झगडा गर्ने क्रममा एक जना र मादक पद्धार्थ सेवन गरेको अवस्थामा एक जनालाई गरी दुई जना युवा लाई पक्राउ गरिएको भएपनि सो बिषयमा थाहा नभएको दावी गर्नुभयो ।

You might also like