0

कहाँ कहाँ भयो एनसेल माथि आक्रमण,
नवलपरासी, ११ फागुन ।
सरकारलाई कर नतिरेको आरोप खेपिरहेको एनसेलको टावरमा शुक्रबार राति ठाउँठाउँमा आक्रमण भएको छ । जसले गर्दा एनसेल कम्पनीलाईृ ठूलो धक्का लागेको छ ।
शुक्रबार राति नक्खु एनसेल टावरमा भएको बम विस्फोटमा परेर गम्भीर घाइते भएका सिंहप्रसाद गुरुङको मृत्यु भएको छ । गम्भीर घाइते भएका गुरुङको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ललितपुर प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक रवीन्द्र धानुकले जानकारी दिनुभयो ।
त्यस्तै बागलुङका बिभिन्न ठाउँमा रहेका एनसेलका टावरमा बिहिबार राती अज्ञात समुहले आगजनी गरेको छ । बागलुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका–८ काँडेबाँस र निसीखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावरमा आगजनी गरिएको हो । त्यस्तै नवलपरासीको मध्यविन्दु नगरपालिकाको अम्रसामा पनि ऐनसेल टावरमा आक्रमण भएको छ ।
रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ३ सूर्यपुरास्थित एनसेलको टावरमा आगजनी गरिएको छ । यो घटनाको पुष्टि रुपन्देहीका एसपी हृदय थापाले गर्नुभयो । अपरिचित व्यक्तिले बोरामा आगो सल्काएर टावरमा आगजनी गरेको बताउनुभयो । । आगजनीले टावरका तार जलेर नष्ट भएका छन् । घटनास्थलमा प्रहरी तत्काल पुग्दा मानवीय र अन्य ठूलो क्षति हुन नपाएको थापाले बताउनुभयो ।
रौतहटको चन्द्रपुर नगरपालिकास्थित गैडाटारमा रहेको एनसेलको टावरमा पनि आगजनी गरिएको छ । त्यहाँ भएको आगजानीपछिका क्षतिको विवरण प्राप्त भइसकेको छैन । शुक्रबार राति करिब १० बजे पोखरा महानगरपालिका–२७ चन्द्रकालिका डाँडाँको नाकस्थित एनसेलको टावरमा आगजनी भएको छ ।
प्रहरी कार्याल सिस्वाका अनुसार डाडाँमा रहेकाले दम्कमल आउँदा आउँदै टावर जलेर नष्ट भएको हो । एनसेलको टावर जलेपछि लेखनाथ क्षेत्रमा विद्युत र इन्टरनेटको लाइन काटिएको थियो ।
काठमाडौँ नजिकैको काभ्रेमा पनि एनसेलको टावरमा आगजनी गरिएको छ । काभ्रेको कोसीपारीस्थित भुम्लु गाउँपालिकास्थित सल्ले भुम्लु डाँडामा रहेको एनसेलको बिटिएस टावरमा आगजनी भएको हो । तर क्षतिको विस्तृत विवरण आइसकेको छैन ।

You might also like