सुनवल नगरपालिकाको दोस्रो स्थापना दिवसको अवसरमा प्रशासनिक कार्यालय भवनको शिलान्यास

0

संजय तिवारी सुनवल २७ फागुन । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले दोस्रो स्थापना दिवस मनाउदै प्रशासनिक कार्यालय भवनको शिलन्यास गरेको छ । सोमवार एक कार्यक्रमबीच प्रदेश ५ को भौतिक तथा पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले विरुवामा पानी हालेर कार्यक्रमको उद्घाटन गर्दै ३० करोडमा निर्माण हुन लागेको साढे तीन तले प्रशासकिय कार्यालय भवनको शिलन्यास गर्नुभयो । सो कार्यक्रममा नगर प्रमुख भिमबहादुर थापाले नगरपालिकाले बर्षभरि गरेका कार्यहरुको विवरण नगर विकासका ठोस योजनाहरुको बारेमा जानकारी गराउनुभयो । त्यस्तै कार्यक्रममा उपस्थित भएका सम्पुर्ण अतिथिहरुलाई नगरपालिका उप प्रमुख दधिराम अर्यालले स्वागत गर्नुभएको थियो । ३ बर्षमा सम्पन्न हुने उक्त साढे तिन तले कार्यालय भवन करिब ३० करोडको लागतमा सुविधा सम्पन्न निर्माण हुने जनाइएको छ । उक्त भवनमा ७५ वटा कोठा, १ वटा बहुद्देशिय हल, ४ वटा मिटिङ्ग हल सहित लिफ्ट जडान गरि पुर्ण रुपले अपाङ्ग मैत्री भवन निर्माण गरिने बताइएको छ । पार्किग सहितको सो भवन परिसरले पुरैले ४ विगाहा ४ कट्टा क्षेत्रफल ओटगने छ ।

कार्यक्रममा उत्कृष्ट पत्रकार हरि शर्मा बढि करदाता व्यक्तिगत तर्फ सपना अधिकारी थापा, संस्थागत तर्फ लक्ष्मी स्टिल उद्योगलाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट उपभोक्ता समिति, महिला समिति, लघु उद्यमी, कृषक, एसएलएसी परिक्षामा उत्कृष्ट नतिजा ल्याउने संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीहरु समेतलाई सम्मान गरिएको थियो । कार्यक्रममा विशिष्ट अतिथि एवं पूर्व स्थानीय विकास राज्य मन्त्री घनश्याम यादव, पूर्व सभाषद सिता बौडेल, प्रदेस सभा सदस्य भगवती भण्डारी, नेकपा प्रदेश सदस्य भविश्वर तिवारी, नेकपा जिल्ला कार्यदल सदस्य थान प्रसाद गैरे, नेपाल परिवार नियोजन संघको पूर्व उपाध्यक्ष सपना अधिकारी थापा, नेपाल पत्रकार महासंघको अध्यक्ष हरि शर्मा उद्योग बाणिज्य संघका अध्यक्ष केशव भण्डारी, जिल्ला सहकारी संघका अध्यक्ष विष्णु पौडेल, उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य लगायतले नगरपालिका स्थापना दिवको अवरमा शुभकामना दिनुभयो । कार्यक्रम नगर प्रमुख भिम बहादुर थापाक्षेत्रीको अध्यक्षतामा भएको थियो ।

You might also like