लोकमार्ग सफाईको नाममा २५६ हरियाँ रुख काटिएको भन्दै अख्तियारमा मुद्धा

0

रवि पाण्डेय नवलपरासी ७ माघ – प्रदेश नम्बर पाँचको पूर्वी प्रदेशद्धार बर्दघाट नगरपालिकाको पूर्व पश्चिम लोकमार्ग सफाईको नाममा २५६ हरियाँ रुख काटिएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा परेको छ । २१२ वटा हरियाँ साल १२ वटा साल र ३२ सिसौ सहित अन्य कुकाठ डिभिजन वन कार्यालयको स्विकृति विना काटिएको भन्दै अख्तियारमा उजुरी परेको हो । उजुरीमा डिभिजन वन कार्यालयकै मिलोमतोमा रुख काटिएको र त्यसको आम्दानी समेत नबाधिएको जनाइएको छ । सो उजुरी पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले डिभिजन वन कार्यालय पश्चिम नवलपरासीलाई माघ २३ गते पत्राचार गरेको स्रोतले जनाएको छ । अख्तियार बुटवलका शाखा अधिकृत बाबुराम पौडेलद्धारा हस्ताक्षरित सो पत्रमा पारिजात सामुदायिक वन उपभोक्ता समुहको कार्यक्षेत्रभित्रको वन फाडेर पार्क बनाउन लागिएको उल्लेख गर्दै ती सबै बिषयमा ७ दिनभित्र जवाफ पठाउन आदेश दिइएको छ । अख्तियार बुटवलको चलानी नम्बर १५९० को सो पत्रपछि डिभिजन वन कार्यालय पश्चिम नवलपरासीले बर्दघाट सरावल सव वन डिभिजन कार्यालयमार्फत बर्दघाट नगर कार्यपालिका र पारिजात वन संग जवाफ माग गरेको स्रोतको भनाई छ । डिभिजन वन कार्यालयले माघ २७ गते सब डिभिजनलाई पत्राचार गरेर जवाफ माग गरेपनि बर्दघाट नगर कार्यपालिकाले जवाफ दिएको छैन भने पारिजात सामुदायिक वनले जवाफ पठाइसकेको स्रोतको दावी छ । अख्तियारले राजमार्गको अवरोध हटाउदाँ काटिएका रुख र वनमा पार्क बनाउन लागेको बिषय चाँसो राख्दै ताकेता गरेपछि वन कार्यालयका कर्मचारी यही कामकै अनुसन्धानमा लागेका छन् । यस अघि पारिजात सामुदायिक वन समुहको कार्यक्षेत्रभित्र पार्क बनाउनका लागि डिपिआरको कार्य हुदै आएको थियो । बर्दघाट नगरपालिकाले राजमार्ग सफाई अभियान भन्दै पूर्व पश्चिम लोकमार्गको ८२ मिटर को संरचना हटाउने कार्य गरेको थियो । ८२ भित्रका अवरोध हटाउदाँ नगरले सडकका दायाँबायाँ रुख समेत काटेपछि त्यसको आलोचना भएको थियो । यस बिषयलाई बर्दघाट नगर कार्यपालिकाले भने झुटा मुद्धाको करार दिएको छ । नगरकार्यपालिकाका प्रवक्ता रविन्द्रबिक्रम हमालले अख्तियारको जवाफ दिने क्रममै रहेको बताउदै दुःख दिने नियतबाट मुद्धा हालिएको दावी गर्नुभयो । जवाफ लेख्यो होला मुद्धा पर्याँ छ हमालले भन्नुभयो अत्युक्ति र कपोलकल्पित अभियोग लगाएर मुद्धा हालिएको छ । उहाँले सफाई अभियानका कहि कतै रुख नकाटिएको र बुट्यान र झाडी मात्र सफा गरेको जिकिर गर्नुभयो । साना तिना बुटयान काटिएका हुन हमालले भन्नुभयो । हमालले सोे जिकिर गरेपनि राजमार्ग सफाईबाट ४५ देखि ६० वटा सडकका दायाँबायाका बिभिन्न प्रजातिका रुख मासिएको सम्बद्धहरु बताउछन् । त्यस्तै बर्दघाट नगरपालिकामा चिनियाँ बैकको भौतिक पूर्वाधार सम्बन्धि कार्यक्रम समेत संचालन हुन थालेको अवस्थामा यस्ता मुद्धाका बिषयले ए आई आई बीको कार्यक्रम समेत प्रभावित हुन सक्ने बिज्ञहरुको तर्क छ ।

You might also like