उदय युवा कल्बको अध्यक्षमा जिवन कामु सर्बसम्मत

0

बर्दघाट २६ कार्तिक – उदय युवा कल्ब बर्दघाट १४ धर्मबस्तीको सोमवार भएको २२ औं साधारणसभा तथा नवौं अधिवेशनले जिवन बहादुर कामु मगरको अध्यक्षतामा १८ सदस्सीय समिति सर्बसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा मनबाहदुर जिसी, महासचिवमा हरि जि.सी, सचिव टेकबहादुर राना , सहसचिव मिलन राना मगर र कोेषाध्यक्ष मिना बुढाथोकी सर्वसम्मत चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा कर्णबहादुर ढेंगा, भुमबहादुर विश्वकर्मा, सागर विक, भुवनसिंह लामिछाने नरमाया सारु, आनन्द जि.सी टेमनसिं कामु ,भरत कामु ,सन्तोष विक ,चेतमान जि.सी, ओमबहादुर विक, र पृथ्वीराम साठीघरे चयन हुनुभएको थियो । प्रेम कामुको अध्यक्षता एंवम् धर्मबस्ती टोल विकास संस्थाका अध्यक्ष एंवम् कार्यक्रमका संयोजक ईन्द्रबहादुर जिसीको बिशेष पहलमा सर्बसम्मत समिति चयन भएको नवनिर्वाचित अध्यक्ष जिवन बहादुर कामुले जानकारी दिनुभयो ।

You might also like