पानी अझै केही दिन निरन्तर पर्ने संभावना , सतर्क रहन जरुरी

0

साउन १४ काठमाण्डौं ।

केही समय यता निरन्तर भईरहेको बर्षाका कारण बाढी, पहिरोले क्षति पुर्याईरहेका बेला अझै केही दिन पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
गत सोमबार रातिबाट सक्रिय रहेको मनसुन आगामी शुक्रबारसम्म कायम रहने मौसमविद् मञ्जु बासीले बताउनुभयो । “मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेका हुनाले पुनःमनसुन सक्रिय भएको हो,” मौसमविद् बारीले भन्नुभयो ।

सोमबारबाट नेपालमा मनसुन सक्रिय भई देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षा भइरहेको छ । मनसुन सक्रिय भएसँगै ती स्थानमा नदीमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल÷पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेश, प्रदेश १, २, वाग्मती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडाँै उपत्यकामा ८।७ मिलिमिटर वर्षा भएको छ । त्यस्तै सबैभन्दा धेरै धनकुटामा १२६ दशमलव पाँच मिलिमिटर वर्षा भएको छ ।
पानी अझै पर्ने भएकाले पहाडमा पहिरो र तराईमा डुबानको संभावना रहेकाले सतर्क रहन जरुरी देखिएको छ ।

Mirmire online

You might also like