बिद्यार्थीको ब्यवहारिक शिप विकासका लागि प्रर्दशनी

0

भुताहा १७ माघ : पश्चिम नवलपरासीको बर्दघाट ९ भुताहामा रहेको राजामहात्मा पुर्णभद्र माविले बिद्यार्थीको ब्यवहारिक शिप विकासका लागि बृहत प्रर्दशनी विहीवार सम्पन्न गरेको छ । सैद्धान्तिक शिक्षाले मात्र जिवन उपयोगी नहुने तर्क गर्दै बिद्यालयले ब्यवहारिक ज्ञानका लागि सो प्रर्दशनी गरिएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टुक प्रसाद बस्यालले जानकारी दिनुभयो । बिद्यालयका प्रधानाध्यापक पुष्पराज अधिकारीका अनुसार प्रर्दशनीमा बिज्ञानका साथै हस्तकला चित्रकला तथा बिद्यार्थीहरुको सिर्जना एंवम् खानाका परिकारहरु समेत राखिएको थियो । सो प्रर्दशनीमा राष्टिय खानाका साथै बिद्यार्थीहरुबाट बनाइएको बिभिन्न परिकार प्रर्दशन गरिएको जनाइएको छ । सो अवसरमा बिद्यालयले औपचारिक रुपमा नतिजा प्रकाशन समेत गरेको थियो । सो बिद्यालय बर्दघाट नगरपालिका भित्रको नमुना बिद्यालय कार्यक्रम प्राप्त गर्ने एक मात्र बिद्यालय रहेको छ ।

You might also like