बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान

0

बेलाटारी ः पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउपालिका वडा न ३ मा रहेको महेन्द्र माध्यमिक बिद्यालय सोमनीका ३ जना बिद्यार्थी हरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ । किताब कापीको अभावमा बिद्यालय जान छाडेका ३ जना बाढि प्रभावित बिद्यार्थीहरुलाई पढनका लागि कापी, कलम, पेन्सिल, झोला लगायतका सामाग्री सिडियम नेपाल र बिकल्प सस्थाको सहयोगमा प्रदान गरिएको हो । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जयगोबिन्द यादवको अध्यक्षता तथा बिद्यालय प्राधानाध्यापक अजय प्रसाद शर्माको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा बिकल्पका गिता गैरै, जहिन्द बरई, शिक्षक ब्यासमुनि बेल्दार लगायतले बोल्नुभएको थियो।

You might also like