साहित्यकार तारा प्रसाद श्रेष्ठकी जिवनसंगिनी तेजकुमारीको स्मृतिमा श्रद्धाञ्जली
बर्दघाट : साहित्यकार एवम् क्रान्तिकारी पत्रकार महासंघ पश्चिम नवलपरासीका जिल्ला सल्लाहकार तारा प्रसाद श्रेष्ठकी श्रीमती तेजकुमारी श्रेष्ठको आठौं दिनको स्मृतिमा क्रान्तिकारी पत्रकार महासंघ पश्चिम नवलपरासीले श्रद्धाञ्जली व्यक्त गरेको छ ।
मंगलबार क्रान्तिकारी पत्रकार महासंघका कोषाध्यक्ष तथा प्रदेश पाँचका संयोजक रवि पाण्डे र जिल्ला अध्यक्ष संजय तिवारीले संयुक्त रुपमा साहित्यकार श्रेष्ठको बर्दघाट ९ भुताहा स्थित घरमै गई श्रद्धाञ्जली व्यक्त गरेका हुन् । साहित्यकार श्रेष्ठको दुई दर्जन बढी कृतिहरु प्रकाशित छन् । उनका दुइै छोरा र दुई छोरी हुन् ।