एक महिनाको तलब कोषमा जम्मा गर्ने कंडेलको घोषणा
उमेश बि.क
नवलपरासी ११ चैत – नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कंडेलले आफनो एक महिनाको तलब नेपाल सरकारद्धारा कोरोना भाइरस विरुद्ध गठित केन्द्रीय राहत कोषमा जम्मा गर्ने घोषणा गर्नु भएको छ ।त्रसित नबनौ ,सतर्कता अपनाऔ,आफू पनि बाचौ र अरुलाई पनि बचाऔ भन्दै सांसद कंडेलले कोरोना भाइरस विरुद्ध लडन सबै एकजुट हुनु पर्ने बताउदै सबैले आआफनो ठाउबाट सकेको सहयोग तथा घरभित्र सतर्कता पुर्बक रहनु र नेपाल सरकारको नियम पालना गर्नुपर्ने आग्रह गर्नुभयो ।
आफु सुरक्षित रहेमात्र अरुलाई सुरक्षित बनाउन सकिन्छ भन्दै कोरोनाबाट बच्न जनसमुदायलाई सामाजिक दुरी बनाएर रहन पुर्ब गृहराज्यमन्त्री तथा सांसद देबेन्द्रराज कण्डेलले आग्रह गर्नुभएको छ।
उहाले कोरोनाकोे प्रभाव दिनानुदिन बढिरहेको अवस्थामा हाल नेपाल पनि उच्च जोखिमको सुचिमा रहेकोले कोरोनाबाट बच्ने उत्तम उपाय भनेको सामाजिक दुरी रहेको सांसद कण्डेलले बताउनुभयो ।
कोरोनाको प्रभाव नियन्त्रण र जोखिम बाट वच्न विश्व भरिका मुलुक तथा नेपाल सरकारले समेत उच्च सतर्कता अपनाइ रहेको अवस्था रहेकोमा आम जनसमुदाय,सरोकारवाला पक्ष तथा सम्पुर्णमा ध्ज्इ तथा नेपाल सरकारबाट जारी सुचना तथा नियमलाई पुर्णरुपमा पालना गर्नुहुन अनुरोध समेत गर्न गर्नुभएको छ।
चैत ११ गते बिहान ६ बजेदेखि लकडाउन शुरु गरिएकोमा यसलाई पालना गर्न समेत अनुरोध गर्नुभएको छ । मानव जिवनमा स्वास्थ्य सबैभन्दा ठुलो धन भएको हुनाले आफ्नो स्वास्थ्य प्रती सबैले ख्याल राखेर सरकारले जारी गरेको निर्णय हामी सम्पुर्ण जनताको भलाइको लागि भएको हुनाले यसप्रति ध्यान दिन समेत आग्रह गर्नुभएको हो।
कण्डेलले सपरिवार सहित केही दिनको निजी भारत भ्रमण पश्चात् स्वदेश फर्किएको र कोरोना भाइरस प्रतिको जोखिमलाई उच्च सतर्कता अपनाउदै सपरिवार नजी निवास महेशपुर नवलपरासी मै चैत १० गते बाट १४ दिन सेल्फ क्वारेन्टाइनमा रहनुहुने स्वकीय सचिव कमल किशोर रायमाझीले जानकारी गराउनुभयो ।