बर्दघाट खानेपानीको साधारणसभा

0

बर्दघाट – पश्चिम नवलपरासीको बर्दघाटस्थित बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको बार्षिक साधारणसभा एवं आठौ अधिबेशन मंगलवार भएको छ । कार्यक्रममा प्रदेश सांसद दिपेन्द्र कुमार अधिकारी प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा संस्थाका ईन्द्रकुमार अध्यक्ष रानाले अध्यक्षको प्रतिबेदन प्रस्तुत गरेका गर्नुभयो । कार्यक्रममा उहाँले २०५५ सालमा स्थापना भएको यस संस्थाले हाल सम्म तीन हजार पाँच सय २१ नीजि तथा संस्थागत धारा जडान गरि खानेपानीको सेवा पु¥याएको बताउनुभयो ।
यस्तै गरि कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा सुरक्षा योजना समितिका संयोजक धातानन्द बस्यालले खानेपानी सुरक्षा योजनाको प्रतिबेदन प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याल, बर्दघाट वडा नम्बर ४ का वडाध्यक्ष एवं नगर कार्यपालिका प्रवक्ता रविन्द्र विक्रम हमाल, पारिजात सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष चुडामणी भण्डारी, बेलहानी खानेपानी संस्थाका अध्यक्ष बृहस्पती अधिकारी, नेपाली कांग्रेसका नगर सभापति शम्भुलाल श्रेष्ठ, नेकपाका नगर सचिव हरिरन्जन पौडेल, समाजवादी पार्टी बर्दघाटका नगर अध्यक्ष गोपाल पाण्डे, संस्थाका पूर्व उपाध्यक्ष तारा राना, निवर्तमान अध्यक्ष कमान सिंह थापा, समाजसेवी लालनाथ घिमिरे, बद्री खनाल, सुमन गोपाल आचार्य लगायतले मन्तब्य राख्नुभएको थियो ।
यसैगरी गत माघ १० गते खानेपानी सुरक्षा योजनाले सम्पन्न गरेको बातावरण संरक्षणमा हाम्रो सरोकार, स्वच्छ पानी हाम्रो अधिकार भन्ने बिषयमा बिद्यालय स्तरीय चित्रकला प्रतियोगितामा सहभागी बिद्यार्थी लगायत प्रथम, द्धितिय, र तृतिय भएका बिद्यार्थीहरुलाइ प्रमाण पत्र र नगद सहित सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका संचालक समिती सदस्य सरस्वती कंडेलको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन भने सचिव छविलाल देवकोटाले गरको बताइएको छ । कार्यक्रम संस्थाका अध्यक्ष इन्द्र कुमार रानाको अध्यक्षतामा भएको थियो ।

You might also like