सुलभ सहकारीले दियो राहत कोषमा २५ हजार रुपैया

सहकारी क्षेत्रबाट पहिलो रकम

0

नवलपरासी २० चैत्र – सुलभ वभत तथा ऋण सहकारी संस्था लि. बर्दघाट –७ ले बर्दघाट नगरपालिकाको प्रकोप ब्यवस्थापन कोषमा २५ हजार रुपैया प्रदान गरेको छ ।

नगरपालिकामा रहेका संघसंस्था तथा सबै मनकारी दाताहरुलाई आब्हान गरिएकोमा सहकारीको तर्फबाट सुलभले पहिलो रकम प्रदान गरेको हो । एकद्धार प्रणालीबाट राहत प्रदान गर्ने नीति अनुरुप अतिबिपन्न तथा दैनिक ज्यालादारीका मजदुरलाई राहत प्रदान गर्ने उद्धेश्यले सो रकम दिएको संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार रामचन्द्र अधिकारी बताउनुभयो । तस्बिर सौजन्य – रितमान कामु मगर

You might also like