बर्दियामा नौ जनाले गरे सत्तारुढ नेकपा परित्याग

0

बर्दिया – बर्दियामा नौ जनाले सत्तारुढ नेकपा परित्याग गरेका छन् । सच्चा माओवादीहरु घर फर्क अभियान अन्तरगत गुलरिया ११ मा नौ जनाले सत्तारुढ नेकपा परित्याग गरी क्रान्तिकारी माओवादीमा प्रबेश गरेका हुन ।
प्रवेश गर्नेहरुमा सहिबाज खाँ ,शंकर धोवी,बलराम धोवी, चेतराम दास,अनोहर खाँ नन्कौं रैदास,मेराज खाँ अमिन खाँ र सरिफ खाँ छन् । सत्तारुढ पार्टीका विपन्न तथा अल्पसंख्यकको अधिकार संरक्षण नहुने भन्दै उनीहरुले पार्टी परित्याग गरेका हुन ।
क्रान्तिकारी माओवादीले नवप्रवेशीहरुलाई देशभक्त जनगणतान्त्रिक मोर्चामा आबद्ध गरेको छ । उनीहरुलाई मोर्चाको कमिटीमा आबद्ध गराइएको जिल्ला सेक्रेटरी बिपिनले बताए । उनका अनुसार सहिबाज खाँलाई अध्यक्ष शंकर धोवी सचिव बलराम धोवी कोषाध्यक्ष र अरु सबैलाई सदस्यको जिम्मेवारी दिईएको हो ।
कार्यक्रममा प्रमुख अतिथि पार्टीका पिबिएम संकुल रहेका थिए ।

You might also like