रहेनन् जनयुद्धका अभिभावक पाठक
क्रान्तिकारी माओवादीद्वारा श्रदान्जलि ब्यक्त
नवलपरासी १५ साउन : बामपंथी अगुवा एवं माओवादी आन्दोलनका अभिभावक तुल्सी प्रसाद पाठकको ८१ बर्षको उमेरमा निधन भएको छ । विभिन्न रोगबाट पिडित उहाको शनिवार उपचारको क्रममा निधन भएको हो । बाग्लुङ जिल्लाको अमलाचौरमा जन्मिएका पाठकको परिवार २०३८ सालदेखि बर्दघाट ४ बाडिपिडितमा बस्दै आएको छ । उहाँको पार्थिव शरिरमा नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीका सेक्रेटरी छबिलाल खरेलले त्रिवेणी धाममा पार्टीको झन्डा ओडाएर बिदाइ गर्नु भएको थियो । उहाँका श्रीमति तीन छोरा २ छोरी ८ नाति नातिना रहेका छन । जेठो छोरा गणेश; माइलो निरज र कान्छो योगेन्द्र बाम क्रान्तिकारी आन्दोलनमा सक्रिय हुँदै आउनुभएको छ । सधै आमूल परिवर्तनको पक्षमा उभिने तुल्सी प्रसाद माओवादी आन्दोलनको एक अभिभावक रहेको र उहाँको निधनले कम्युनिस्ट आन्दोलनमा क्षति पुगेको क्रान्तिकारी माओवादी जिल्ला सचिवालय सदस्य तथा बर्दघाट नगर इन्चार्ज चुडामणि भण्डारीले बताउनुभयो । उहाँ भारत प्रवासको क्रममा माओवादी आन्दोलनमा सक्रिय हुनुभएको पारिवारिक स्रोतले जनाएको छ । त्रिबेणीधामस्थित घाटमा उहाँलाई अन्तिम श्रदान्जली ब्यक्त गर्न क्रान्तिकारी माओवादी , माओवादि केन्द्र ; बिप्लव नेकपासहित नेकपा एमाले र नेपाली काग्रेसका स्थानीय नेता कार्यकर्ता सहभागी थिए । कार्यक्रम क्रान्तिकारी माओवादीका बर्दघाट नगर समितिको आयोजना सो पार्टीका जिल्ला सचिवालय सद्स्य बोल्गा नेपालको सन्चालनमा भएको थियो ।