जनवर्गीय तथा मोर्चा संगठनको संजाल विस्तार गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी
जनसंगठन विस्तार अभियान संचालन गर्ने
जनवर्गीय तथा मोर्चा संगठनको संजाल विस्तार गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी
नवलपरासी – मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले जनवर्गीय संगठन तथा मोर्चाको संगठन विस्तारलाई तीब्र बनाउदैं लगेको छ ।
जनसम्बन्ध विस्तार अभियान संचालन गरिरहेको उक्त पार्टीले सम्बन्ध विस्तार भएका नगर तथा गाउँपालिका, वडा र बस्तीस्तरमा जनवर्गीय संगठन तथा मोर्चाको संगठन विस्तार लाई तीब्रता दिएको हो ।
गाउँ गाउँमा जनताको मुद्धा स्थापित गर्दै भष्ट्राचार, कमिशनखोरीको बिरुद्ध संर्घष उठान गर्दै सत्ता र ब्यवस्थाका विपक्षमा जनमत तयार गर्न उक्त पार्टी लागि परेको छ । जनसंगठन विस्तार अभियान संचालन गर्ने निर्णय समेत गरेको पार्टीले जन सम्बन्ध विस्तार अभियानको क्रममा जनवर्गीय एंव मोर्चा संगठनको ब्यापक सदस्यता विस्तार र संगठन निर्माणको काम थालेको हो ।
जन सम्बन्ध विस्तार अभियान यही बैशाख १८ गते अन्तराष्ट्रिय श्रमिक दिवस मनाएर समापन गर्ने सो पार्टीले जनाएको छ । सो अभियानको क्रममा जिल्लामा २६ वटा कार्यक्रम गरेको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीले जनसम्बन्ध विस्तार अभियान समापन पछि जनसंगठन विस्तार अभियान संचालन गर्दैछ ।
पार्टीका बैकल्पिक केन्द्रीय सदस्य समेत रहेका युवा नेता रवि पाण्डेयले पार्टीलाई चुस्त दुरुस्त बनाउने पार्टी नीति अनुसार जनवर्गीय संगठन एंव बिभिन्न उत्पीडित जातीय क्षेत्रीय मोर्चाको सदस्यता वितरण र संगठन विस्तारलाई तीब्र बनाएको बताए । जिल्ला सेक्रेटरी समेत रहेका पाण्डेयले जिल्ला पार्टीको चौथो पुर्ण बैठकको निर्णय र योजना मुताविक जनवर्गीय तथा मोर्चा र क्रान्तिकारी देशभक्तहरु सम्मिलित क्रान्तिकारी संयुक्त मोर्चा नेपालको जिल्ला समिति चुडामणी भण्डारीको संयोजकत्वमा गठन गरिएको जानकारी दिए ।
मोर्चालाई आधारभुत वर्गका बिभिन्न तह र तप्काका विस्तार गर्ने योजना रहेको भण्डारीको भनाई छ । यस अघि मुक्तमाया महतोको नेतृत्वमा क्रान्तिकारी महिला संगठन नेपाल र रमेश पाण्डेयको नेतृत्वमा अखिल (क्रान्तिकारी)को जिल्ला सम्मेलन आयोजक समिति निर्माण भएको थियो । जनसंगठनको भेलाकै क्रममा बैशाख १६ गते ज्ञान बहादुर केसीको नेतृत्वमा क्रान्तिकारी टे«ड युनियन महासंघ नेपाल र रामचन्द्र पोखरेलको नेतृत्वमा क्रान्तिकारी किसान महासंघ नेपालको संयुक्त भेला गर्ने योजना रहेको क्राकपा नेपाल नवलपरासीले जनाएको छ ।
त्यस्तै क्रान्तिकारी युवा संघको जिल्ला भेला गर्न राम प्रसाद अर्गेजाको संयोजकत्वमा ४ सदस्सीय आयोजक समिति र राष्ट्रिय जनस्वयंसेवकको संयोजकमा साकालाई जिम्मेवारी समेत दिइएको छ ।
त्यस्तै क्रान्तिकारी कम्युनिस्ट पार्टीले जातीय मोर्चालाई समेत सक्रिय बनाउने भएको छ । सो क्रममा दुर्गा नारायण चौधरीको संयोजकत्वमा अखिल नेपाल आदिवासी जनजाति महासंघको ३ सदस्सीय आयोजक समिति र गोबिन्द बहादुर साठीघरे मगरको संयोजकत्वमा अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चाको भेला आयोजक समिति, यम बहादुर गु्रुङको संयोजकत्वमा तमु मोर्चाको भेला आयोजक समिति , चन्द्रमान मानन्धरको संयोजकत्वमा नेवा मोर्चाको भेला आयोजक समिति र बल बहादुर कुमालको नेतृत्वमा कुमाल मोर्चाको भेला आयोजक समिति गठन गरिएको हो ।
त्यस्तै मधेशी मोर्चाको संयोजकमा जय फुल्लाह हसनलाई जिम्मेवारी दिइएको छ भने सोमबहादुर विश्वकर्माको नेतृत्वमा एकीकृत दलित मुक्ति मोर्चाको भेला आयोजक समिति बनाइएको छ । उद्योगी ब्यापारी महासंघमा प्रेम पोखरेलको नेतृत्वमा र सहिद तथा बेपत्ता परिवार समाज राधाको नेतृत्वमा आयोजक समिति गठन भएको छ । त्यसैगरी बोल्गा नेपालको नेतृत्वमा अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन भेला आयोजक समिति बनाइएको छ । अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संगठनको जिम्मेवारी चुडामणी भण्डारीलाई दिइएको छ भने बाँकी रहेका क्रान्तिकारी बुद्धिजिवी संगठनलगायतका जनवर्गीय संगठन र मोर्चाहरुमा जिम्मेवारी दिदै जाने योजना रहेको जनाइएको छ ।