चिसापानी सामुदायिक वनमा नयाँ नेतृत्व

0

बर्दघाट – चिसापानी सामुदायिक बन उपभोक्ता समुह बर्दघाट २ चिसापानीको अध्यक्षमा होम बहादुर गुरुङ्ग निर्वाचित हुनुभएको छ । समुहको आठौं अधिवेशन तथा १६ औं साधारणसभा बाट गुरुङ्गको नेतृत्वमा आगामी ३ बर्षका लागि २३ सदस्यीय नयां कार्य समिति चयन गरिएको थियो । तर एक जना सदस्यमा दावी विरोध परेको बताईएको छ । नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा ईन्दु देवी चौधरी, सचिवमा अनिल गुरुङ्ग, कोषाध्यक्षमा लिला कुमारी रेग्मी र सह सचिवमा कृष्ण जीवन तिवारी रहनुभएको थियो । समुहका अध्यक्ष चन्द्र बहादुर बुढामगरको अध्यक्षता तथा डिभिजन वन कार्यालय पश्चिम नवपरासीका वन अधिकृत प्रेम शंकर चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै चौधरीले बैज्ञानिक वन ब्यवस्थापन गर्दा सामुदायिक वनले सावधानी अपनाउनुपर्ने जोड दिनुभएको थियो । सो अवसरमा समुहका अध्यक्ष बुढामगरले समुहको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत समुहकी कोषाध्यक्ष गोमा देवी रिमालले कोषाध्यक्षको प्रतिवेदन लेखा समितीको प्रतिवेदन समुहका संयोजक पशुपति न्यौपाने, अनुगमन तथा मुल्यांकन समितीको प्रतिवेदन संयोजक विष्णु प्रसाद बराल र समुहको भावि योजनाका बारे प्रतिवेदन सचिव होम बहादुर गुरुंगले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सामुदायिक वन महासंघका केन्द्रिय सदस्य गिता चौधरी, सामुदायिक वन महासंघ प्रदेश नम्बर ५ का प्रदेश सदस्य लक्ष्मी वर्ताैला, वन्य जन्तु संरक्षण संघ नेपाल चितवनका राम चन्द्र पौडेल, बर्दघाट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दया दर्लामी, समुहका संस्थापक अध्यक्ष डव बहादुर पुन मगर लगायतले मन्तव्य राख्नु भएको थियो ।

You might also like