रुकुमको घटनामा सत्य तथ्यका छानविनका लागी संसदीय समिति गठन गर्न माग (फोटो फिचर)

0

प्रकाश न्यौपाने

नवलपरासी १७ जेठ – रुकुमको चौरजहरीमा दलित युवा सहित पांच जनाको मृत्यु भएको घटनाको सत्य तथ्य छानविन गर्नका लागी संसदिय समिति गठन गर्न विभिन्न संघसंस्थाहरुले जोडदार माग गरेका छन ।

आज विहान मानव अधिकार तथा शान्ति समाज नवलवरासीले बर्दघाट नगरपालिका ४ बर्दघाट चोकमा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले घटनामा अनावस्यक राजनीति गर्न नहुने बताएका हुन ।

कार्यक्रमका प्रमुख वक्ता मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरीष्ठ उपसभापति गोविन्द खनालले घटनाको सत्य तथ्य अन्वेषण गर्न संसदीय समिति गठन गर्नुपर्ने बताउनु भयो । उहां भन्नुहुन्छ –‘रुकुमको घटना मानव सभ्यताकै विरुद्धको घटना भएकोले हामी कंलकित भएका छौं । हाम्रो शिर निहुरीएको छ । सरकारले गम्भिर रुपमा लिदै दोषीलाई कारवाही र पिडितलाई न्याय नहुदा सम्म आन्दोलन जारी रहनेछ ।’
कार्यक्रममा संविधान सभा सदस्य बिक्रम खनालले सरकारले अहीले गठन गरेको समितिमा आम जनताले सामाजिक न्याय पाउने अपेक्ष गर्न नसक्ने बताउदै उहाले यो घटनामा सरकार गम्भिर नभएको बताउनु भयो । रुकुमको घटनामा सरकार गम्भिर छैन, सरकार गम्भिर भएर छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउनु पर्ने खनालले बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार सहासंघ नवलपरासीका कोषाध्यक्ष रविलाल पाण्डेय, नवलपरासी सुनचाँदी संघका अध्यक्ष राजेन्द्र सुनार लगागतका वक्ताहरुले घटनाको छानविन गरी दोषीलाई कारवाही गर्नुपर्ने बताउनु भयो ।

मानव अधिकार तथा शान्ति समाज नवलवरासी शाखाका सभापति सन्तोष अधिकारीको सभापतित्वमा रहेको कार्यक्रममा कार्यक्रमको औचित्य एवं स्वगत कार्यसमिति सदस्य प्रकाश न्यौपानेले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव गणेश न्यौपानेले गर्नुभएको छ ।


मानव अधिकार तथा शान्ति समाज नवलवरासी शाखाको आयोजनामा भएको कार्यक्रममा, राजनितिक दलका प्रतिनिधि, नागरीक समाजका प्रतिनिधि, मगर संघ, दलित संघ, सुनचादि व्यवसायी संघ, उद्योग वाणिज्य संघ, पेटोलियम व्यवसायी, पत्रकारलगायतको उपस्थिति रहेको छ । कार्यक्रम उस्थित सम्पुर्णले जातिय भेदभावको अन्त्य गरौं, रुकुमको घटनामा संसदिय समिति गठन गर, दोषिलाई पत्ता लगाई कारवाही गर, छुवाछुतको अन्त्य गर लेखिएका प्ले काड लिएका थिए ।

You might also like