भष्ट्र दलाल तथा तस्कर बिरुद्ध जनप्रतिरोध  : थापा

0

नवलपरासी – क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य क्षेत्र बहादुर थापाले संस्थागत भष्ट्राचार तथा दलालहरुमा बिरुद्ध  स्थानीयस्तरमा जनप्रतिरोध शुरु भईसकेको बताउनुभएको छ ।  सोमवार क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन नवलपरासी समितिद्वारा  जनयुद्धको २९ औं दिवसको पूर्वसन्ध्यामा  बर्दघाटमा आयोजित दीप प्रज्वलनमा उहाँले यस्तो बताउनुभएको  हो ।

‘देशैभर दलाल भष्ट्रहरु माथि जनप्रतिरोध संचालित छ, त्यसको शुरुवात हाम्रो पार्टीले गरेको छ ।’ – उक्त पार्टीका जिल्ला ईन्चार्ज समेत रहनुभएका उहाँले कोण सभामा बोल्दै भन्नुभयो – हामीले स्थानीयस्तरमा प्रतिरोध संर्घष संचालन गरिरहेका छौं । दलाल ब्यवस्था नफाले सम्म उत्पिडित जनताको मुक्ति हुदैन् । यसलाई फाल्न सबै देशभक्त तथा जनवादी शक्ति एक हुनुपर्छ ।’

उहाँले भष्ट्र दलाल तथा तस्करहरुलाई पार्टीले जनकारवाही गर्दै अगाडि बढने उद्घोष गर्नुभयो । बित्तीय शोषण बिरुद्ध समेत पार्टी आन्दोलनमा रहेको उहाँले जानकारी गराउनुभयो । फरक प्रसंगमा उहाँले पार्टीले कार्यनीतिक श्रृखलाको रुपमा नयाँ कार्यनीति ल्याएको र महाधिबेशन सम्म बिचार निर्माणको लागि अनुसन्धान भईरहेको बताउनुभयो ।

कार्यक्रममा अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटाले दलालीकरण एंव माफियाकरणका बिरुद्ध क्रान्तिकारी युवा बिद्यार्थीहरुको एकताबद्ध भएर लागेको उल्लेख गर्नुभयो । दीप प्रज्वलन कार्यक्रम जिल्ला ईन्चार्ज थापा , केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेय र सहसंयोजक गणेश बहादुर ढकालले संयुक्त रुपमा दीप बालेर गर्नुभएको थियो ।सो अवसरमा सहभागीहरुले दलाल संसदीय ब्यवस्था अन्त्य गर, जनयुद्ध जिन्दावाद जस्ता दर्जनौ नारावाजी गरेका थिए ।

 

 

 

 

 

 

 

You might also like