स्थानीय तह स्वमूल्याकंन : प्रतापपुर प्रथम हुदाँ बर्दघाट भने ‘थर्ड’ 

0

नवलपरासी – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)मा जिल्लामै प्रतापपुर प्रथम हुदाँ बर्दघाट नगरपालिका भने तृतीय स्थानमा छ ।  सुस्ता गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंनको नतिजामा जिल्लाको अन्तिम अर्थात सातौं स्थानमा आउदाँ सुनवल नगर दोस्रो भएको छ । जिल्लाको पिछडिएको स्थानीय तहमा सुस्ता गाउँपालिकालाई लिने गरिन्छ । स्थानीय तह संस्थागत क्षमताको स्वमुल्यांकनको नतिजामा पनि जिल्ला भरीको स्थानीय तह भन्दा पिछडिएको छ ।

सुस्ता गाउँपालिकाको स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनको १०० को पुर्णाकमा ५६.५ अंक मात्र प्राप्त गरेको छ । जिल्लामा ३ नगरपालिका र ४ गाउँपालिका गरि ७ वटा स्थानीय तह रहेको छ ।

लिजाबाट प्राप्त भएको जिल्ला भरिको स्थानीय तहको नतिजा हेर्ने हो भने जिल्लामै पहिलो स्थानमा सुस्ताको छिमेकी पालिका प्रतापपुर गाउँपालिका रहेको छ ।  प्रतापपुरले १०० पुर्णांकमा ९०.२५ अंक प्राप्त गरेको छ भने दोस्रो स्थानमा रहेको सुनवल नगरपालिकाले ८६ अंक,तेस्रो स्थानमा रहेको बर्दघाट नगरपालिका ७५.७५ अंक,चौथो स्थानमा रहेको सरावल गाउँपालिकाले ७२ अंक,पाचौं स्थानमा रहेकोे रामग्राम नगरपालिकाले ६८ अंक र छैठो स्थानमा रहेको पाल्हीनन्दन गाउँपालिकाले ५७.७५ अंक प्राप्त गरेको छ ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ अनुसार यसको मुल्याँकन गरिन्छ ।

– श्याम थापाको सहयोगमा

 

You might also like