रुपन्देहीमा नेकपा(क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)बीच एकता
बुटवल – रुपन्देहीमा नेकपा(क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच एकता अधिबेशन गरेर जिल्ला संगठन समिति गठन गरिएको छ ।
आइतवार सम्पन्न पार्टी एकता अधिवेशन, प्रशिक्षण तथा बैठकले रमेशको संयोजकत्वमा ५१ सदस्सीय जिल्ला संगठन समिति निर्वाचित गरेको हो । समितिको सहसंयोजकमा मणि र रेखा रहनुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईञ्चार्ज प्रमोदले दलाल पुँजीवादी संसदीय व्यवस्थाको अबको विकल्पमा नयाँ जनवादी बैज्ञानिक समाजवादी ब्यवस्था आवश्यक रहेको बताउनुभयो ।
पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश संयोजक अटलले पार्टी एकताका कामहरु सम्पन्न गरेर पार्टीले बर्गसंर्घष उठान गर्ने तयारी गरेको बताउनुभयो ।
त्यस्तै अर्का केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश सहसंयोजक समिरले सम्पूर्ण उत्पीडित तथा श्रमजीविहरुलाई दृढताकासाथ क्रान्तिकारी कित्तामा उभिन आव्हान गर्नुभयो ।
कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला ईन्चार्ज तिलक केन्द्रीय महाधिबेशन आयोजक समिति सदस्य तथा नवलपरासी जिल्ला ईन्चार्ज संकल्पले बोल्नुभएको थियो । कार्यक्रममा पार्टीका केन्द्रीय महाधिबेशन आयोजक समिति सदस्य ज्वाला र समरको आतिथ्यता थियो ।
तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीचको एकतालाई जिल्लास्तरमा एकता अधिवशेन मार्फत् पूर्णता दिइएको हो ।