नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र मशालबीच एकता हुदैं

0

नवलपरासी – तीनवटा क्रान्तिकारी कम्युनिष्ट पार्टीबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), धर्मेन्द्र बास्तोला ‘कञ्चन’नेतृत्वको नेकपा बहुमत तथा मोहनविक्रम सिंह नेतृत्वको मसालबाट विद्रोह गरेको सन्तबहादुर नेपालीको नेकपा मशाल पार्टीबीच एकता अन्तिम चरणमा पुगेको हो ।
आगामी चैत २१ गते काठमाडौँमा एक कार्यक्रमबीच एकता घोषणा गरिने उक्त पार्टी सम्बद्ध नेताहरुले जनाएका छन् ।
एकता हुने चर्चा संगै पश्चिम नवलपरासी सहित जिल्ला जिल्लामा तीनवटा पार्टीका नेता कार्यकर्ता नजिकिदैं संयुक्त कार्यक्रम गर्दै आएका थिए । देशैभरका बिभिन्न क्याम्पसहरुमा समेत तीनवटा पार्टीका बिद्यार्थी संगठनले एउटै प्यानल बनाएर स्ववियु निर्वाचनमा सहभागी भएका थिए । तीन पार्टीका बिभिन्न जनवर्गीय तथा मोर्चा संगठनहरुले बिभिन्न मुद्धाहरुमा संयुक्त संर्घष गर्दै आएका थिए ।
यसअघि नै नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतबीच एकता गर्ने सहमति भइसकेको थियो । गत साउन २० गते बसेको दुई पार्टीको संयुक्त बैठकले एकता प्रक्रियालाई अघि बढाउन संयोजन समिति पनि गठन गरिएको थियो । लगतै नेकपा(मशाल) सहितको त्रिपक्षीय पार्टी एकता संयोजन समिति गठन गरेर तीन पार्टीका शीर्ष नेताहरुले बैचारिक बहस गर्दै आएका थिए । २०७९ पुष २६ गते तीनवटै पार्टीको नेतृत्वले एकता प्रक्रिया नजिक पुगेको बताउदै संयुक्त बक्तब्य जारी गरेको थियो । एकता अन्तिम चरणमा पुगेसंगै आन्तरिक तयारी स्वरुप तीनवटै पार्टीको केन्द्र देखि स्थानीय तह सम्मका भेला बैठकहरु तीब्र पारिएको छ ।

 

 

You might also like