क्रान्तिकारी माओवादी प्रतापपुर गाउँ कमिटीमा नयाँ नेतृत्व

0

नवलपरासी – मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासी अन्तरगत प्रतापपुर गाउँ कमिटीको भेलाले यम बहादुर गुरुङ्गको नेतृत्वमा नयाँ गाउँ कमिटी निर्वाचित गरेको छ ।

मंगलवार गोपीगंजमा सम्पन्न भेलाले जिल्ला समिति सदस्य समेत रहनुभएका गुरुङ्गलाई गाउँ कमिटीको सेक्रेटरीमा निर्वाचित गरेको हो ।

उक्त ७ सदस्सीय पालिका कमिटीको सदस्यहरुमा गणेश विश्वकर्मा,दयामान श्रेष्ठ,मदन पोखरेल ,यमनारायण चौधरी र रामअबध राजभरलगायत रहनुभएको छ ।
भेलामा नेकपा(क्रान्तिकारी माओवादी) केन्द्रीय सल्लाहकार तथा जिल्ला ईञ्चार्ज क्षेत्रबहादुर थापा क्षेत्रीले क्रान्तिकारी माओवादी सच्चा कम्युनिष्टहरुको केन्द्र बन्दै गइरहेको बताउनुभयो ।
कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका महासचिव रवि पाण्डेयले क्रान्तिकारीहरुबीचको एकता र धुब्रीकरणको परिस्थिति बन्दै जानुलाई शुभ संकेतको रुपमा लिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गाउँपालिका ईञ्चार्ज गुणनीधि पोखरेलले पार्टी संगठन विस्तारका लागि सबै एकताबद्ध भएर लाग्नुपर्ने औल्याउनुभयो ।
नव निर्वाचित सेक्रेटरी यम बहादुर गुरुङ्गले पार्टीलाई प्रतापपुरको सातै वटा वडामा विस्तार गर्नका लागि आफूले सक्दो पहल लिने र त्यसका लागि पालिकामा रहेका सबै नेता कार्यकर्ताको साथ रहने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अगुवा रामआश्रय कुमालले नव निर्वाचित कमिटीलाई बधाई दिदै सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो ।

 

You might also like