खानेपानी सुरक्षा योजना टोलीको बैठक : कार्ययोजना बनाई लागू गर्ने

0

बर्दघाट ३१ जेठ – बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यसमिति र खानेपानी सुरक्षा योजना टोलीको संयुक्त बैठक शनिवार सम्पन्न भएको छ ।  बैठकमा खानेपानी सुरक्षा योजना सम्बन्धि कार्ययोजना बनाई लागू गर्ने बारे छलफल भएको संस्थाका उपाध्यक्ष एंव र खानेपानी सुरक्षा योजना टोलीका संयोजक दिपक लम्सालले जानकारी दिनुभयो ।
सो अवसरमा संस्थाका अध्यक्ष धातानन्द बस्यालले संस्थाको कार्यसमितिलाई सफल बनाउन सुरक्षा योजना टोली गठन गरिएको बताउदै योजनाबद्ध ढंगबाट संस्थालाई संचालन गर्न सबैको साथको अपेक्षा राखेको बताउनुभयो ।

सबैले साथ दिनुहुनेछ भन्ने आशा राखेका छौ –बस्यालले भन्नुभयो –सबैलाई साथ लिएर खानेपानी संस्था योजनाबद्ध ढंगबाट संचालन गर्नेछौ ।
सो अवसरमा ब्यवस्थापक बिष्णु भुसालले खानेपानी सुरक्षा टोलीको गठनदेखि लिएर यसका योजना र जिम्मेवारीबारे सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा कार्यसमिति सदस्य गणेश क्षेत्री, सुमित्रा थापा , योजना टोलीका सदस्यहरु कृष्णहरि पौडेल,बाबुराम घिमिरे,शिव पन्त , काशीराम न्यौपानेलगायतले धारणा तथा सुझाव राख्नुभएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष धातानन्द बस्यालको अध्यक्षता सचिव धनबहादुर गुरुंगको संचालनमा भएको थियो ।

You might also like