बर्दघाट नगरपालिकाद्धारा सय दिनको उपलब्धि सार्वजनिक (पुर्णपाठ सहित)
५० बेडको ट्रमा सेन्टरको सुनिश्चितता देखि बुद्ध मंगल ताललाई बुद्धसर्किटसँग जोड्नका आवश्यक तयारी सम्म
रवि पाण्डेय
नवलपरासी पश्चिम – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नयाँ जनप्रतिनिधि आएपछिको १०० दिनको उपलब्धि सार्वजनिक गरेको छ ।
नगर प्रमुख शम्भुलाल श्रेष्ठले एक कार्यक्रम बीच शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायतका बिभिन्न बिषय समाबेश गरिएको उपलब्धिलाई बुधवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन् ।
उक्त अवसरमा बजेट निर्माण तथा योजना तर्जुमाका साथै राजस्व परामर्श समिति र राजस्व प्रशासन सुदृढीकरणका क्षेत्रमा समेत उपलब्धिहरु भएको उल्लेख छ । उपलब्धिको बुदाँ नम्बर ७ मा भनिएको छ – राजस्व प्रशासनमा सुधार गर्ने सिलसिलामा करका दरहरु यथावत राखी करको दायरा फराकिलो बनाइएको छ । विगत लामो समयदेखि करको दायरामा नआएका व्यावसायीहरुलाई विभिन्न उपकरणहरु प्रयोग गरी करको दायरामा ल्याउने कामको थालनी गरिएको छ । आजको बर्दघाट पोष्ट दैनिकले प्रथम पृष्ठमा यो समाचार प्रकाशित गरेको छ ।
सार्वजनिक गरिएको उपलब्धिको पुर्णपाठ
स्थानीय निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिज्यूहरुको नेतृत्वमा बर्दघाट नगरपालिकाले सय दिनमा सम्पादन गरेका मुख्य मुख्य कामहरु
पृष्ठभूमि :
१. स्थानीय सरकारका १०० दिनको प्रगति समिक्षा कार्यक्रममा उपस्थित उपप्रमुख,प्रमुख प्रशासकीय अधिकृत,वडा अध्यक्षज्यूहरु,कार्यपालिका सदस्यज्यूहरु, सम्पूर्णकर्मचारी एवंसंचारकर्मि मित्रहरु सबैमा जय नेपाल ।
२. मिति २०७९।०१।३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन २०७९मा निर्वाचित भई मिति ०७९।२।६ गतेबर्दघाटनगरपालिकामा पदवहाली भएश्चात १०० दिनको अवधीमा सम्पादन भएका मुख्य मुख्य कामहरुको संक्षिप्त प्रस्तुति गर्न गईरहेको छौ ।
३. बैशाख ३० गते स्थानीय तहको निर्वाचन २०७९ मा मेरो नेतृत्वको टिमलाई विजयी गराई नगरपालिकाको भाग्य र भविष्य कोर्ने जिम्मेवारी प्रदान गर्नुहुने सम्पूर्ण नगरवासी आमा, बुवा, दाजुभाई तथा दिदिबहिनीहरुमा धन्यवाद सहित कृतज्ञता ज्ञापन गर्दछौ।
४. राष्ट्र हित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक पटक गर्दै आएको ऐतिहासिक जनआन्दोलन, ससस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै, शहिदहरुतथा वेपत्ता र पीडित नागरिकहरुलाई स्मरण गर्न चाहान्छौ ।
५. लुम्बिनीप्रदेशको पूर्वीप्रवेशद्धार, दाउन्ने पहाडको काखमा अवस्थित, पवित्र तिर्थस्थल त्रिवेणी दिव्यधामको प्रवेशविन्दु,दाउन्नेदेवी, कैलाशकोटी,कन्चनगढी, बुद्वमंगल ताल, संसारकोट गढी, बनदेवी जस्ता पर्यटकीय गन्तव्यले भरिपूर्ण भएकोपहाडी,चुरेक्षेत्ररतराईको समथरभूमिमा फैलिएको यस नगरपालिकाको आर्थिक सामाजिक रुपान्तरण भएको अनुभव गर्नेउत्कृष्ट चाहनालाईगहिरोसँगआत्मसातगर्दैशान्त, समृद्धरसुन्दरनगर निर्माण गर्नेअभिप्रयाले प्राथमिकता निर्धारण गरी कार्य आरम्भ गरेको व्यहोरा जानकारी गराउँदछौ
बजेट निर्माण तथा योजना तर्जुमा
६. छोटो समयको अवधिमा स्थानीय सरकारको नीति तथा कार्यक्रम र करिब ९१ करोडको बजेट सहितको वार्षिक नगर विकास योजना तर्जुमा गर्ने कार्य सम्पन्नगरिएको छ । भूगोल, जनसङ्ख्या, आन्तरिक आयमा योगदानर विकासको अवस्था लगायतका सूचकहरुको आधारमा वडागत बजेट सिलिङ्ग निर्धारण गरी सहभागितामूलक पद्वतिका आधारमा योजना तर्जुमा गरिएको । वडागत बजेटको सिलिङ्ग गत वर्ष रु ७ करोड १६ लाख भएकोमा यस वर्ष वृद्वि गरी १० करोड पुर्याइएको छ ।
राजस्व परामर्श समिति र राजस्व प्रशासन सुदृढीकरण :
७. आन्तरिकश्रोतकोपरिचालनका लागि सबैहाटवजार, पाडाबजार, विज्ञापन कर र कवाडी करको आय ठेक्का सम्झौता गरिएको छ । राजस्व प्रशासनमा सुधार गर्ने सिलसिलामा करका दरहरु यथावत राखी करको दायरा फराकिलो बनाइएको छ । विगत लामो समयदेखि करको दायरामा नआएका व्यावसायीहरुलाई विभिन्न उपकरणहरु प्रयोग गरी करको दायरामा ल्याउने कामको थालनी गरिएको छ ।
८. नगरपालिका क्षेत्र भित्र सञ्चालित ईरिक्सा र टेम्पोहरुको नगरपालिकामा दर्ता गर्ने प्रणालीको विकास गरिएको छ । यो अवधिमा १०२ वटा दर्ता भएका छन् । राजस्व परामर्श समितिको वैठक ४ पटक बसि राजस्व प्रशासन सुदृढिकरण सम्बन्धि निर्णयहरु गरिएको छ ।
९. मिति २०७९।६।१ गते सरोकारवालाहरुसँग समन्वय गरी सार्वजनिक कार्यक्रम मार्फत “कर सहभागिता तथा व्यवसाय दर्ता अभियान २०७९“ घोषणा निर्णय गरिएको छ । उक्त अवसरमा नियमित रुपमा कर तिर्ने करदातालाई सम्मान गर्ने निर्णय भई असोज १ गते कर सहभागिता अभियान घोषणा हुन गई रहेको छ ।
१०. असोज १ बाट सबै वडा कार्यालयहरुले “कर सहभागिता तथा व्यवसाय दर्ता अभियान
२०७९“ संचालन गर्ने निर्णय भएको छ ।
११. नगरपालिकाको संचित कोषबाट तलब भत्ता बुझ्ने सबै जनप्रतिनिधिज्यू, शिक्षक, स्वास्थ्यकर्मि, स्वयसेविका र कर्मचारीहरुले कानून अनुसार स्थानीय सरकारलाई बुझाउनु पर्ने सबै प्रकारका कर, शुल्क व्यवसाय गरेको भए व्यवसाय कर समेत असोज १५ सम्म बुझाई सक्नुपर्ने व्यवस्था गरिएको छ ।
१२. नगरपालिकाबाट विभिन्न अनुदान प्राप्त गर्ने सबै संघ संस्थाका पदाधिकारीहरु (खानेपानी उपभोक्ता समिति, सहकारी, सामुदायिक बन,युवा क्लव, आमा समूह, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, बजार व्यवस्थापन समितिहरु, सामुदायिकविद्यालय व्यवस्थापनका पदाधिकारी, सामुदायिक क्याम्पस संचालनका पदाधिकारीले पनि आफूले नगरपालिकालाई कानून अनुसार तिर्नु पर्ने सबै प्रकृतिको कर तथा गैर कर शुल्क बुझाई त्यसको जानकारी आफू आवद्द संस्थामा उपलब्ध गराउनु पर्ने निर्णय भई असोज असोज १९ गतेबाट कार्यान्वयनमा जादै छ।
स्थानीय न्याय सम्पादन र कानून निर्माण
१३. नेपालको संवैधानिक प्रावधान बमोजिम न्यायिक समिति गठन भई कानूनी सल्लाहकारको व्यवस्था गरिएको छ । हालसम्म दर्ता हुन आएका २३ वटा उजुरी मध्ये १४ वटा फर्छ्यौट गरिएको छ । यसैगरी साना र समुदायस्तरका विवादहरु वडा कार्यालयबाट नै सम्पादन गर्ने प्रणालीको विकास गरिएको छ ।
१४. मेलमिलापकर्ताहरुको सूचीकरण, मेलमिलाप सम्बन्धि तालिम प्रदान लगायतका कार्यहरु कार्यपालिकाबाट निर्णय भई संचालनको प्रक्रियामा रहेका छन् ।
१५. यस अवधिमा कूल १० वटा नीति, ऐन, नियमर कार्यविधि निर्माण गरिएको छ ।
शिक्षा :
१६. बर्दघाट नगरपालिका भित्रको भाषा, साहित्य, कला र संस्कृतिकोसंरक्षण, सम्वर्धन र प्रवर्धनका लागि स्थानीय तहमा पहिलो पटक“बर्दघाट प्रज्ञाप्रतिष्ठान“को गठन गरि डा घनश्याम न्यौपाने “परिश्रमि“लाई कुलपति नियुक्ति गरिएको छ ।
१७. नगरपालिका भित्रको शैक्षिक सूचना, विद्यालयगत शिक्षक कर्मचारीहरुको विवरण, शिक्षाक्षेत्रकाअसलअभ्यासहरु, विद्यालय क्षेत्रविकासका कार्यक्रमहरु लगायत सम्पूर्ण शैक्षिक गतिविधि झल्कने ऐतिहासिक शैक्षिक दस्तावेजको रुपमा रहेको बर्दघाट शैक्षिकदर्पण २०७९प्रकाशन गरी वितरण गरिएकोछ।
१८. शैक्षिकसत्र २०७८मा आधारभूत तह कक्षा ८ उत्तीर्ण परीक्षाको नतिजा विश्लेषण तथा उपलब्धि अभिवृद्धि योजना निर्माण कार्यक्रम सम्पन्न गरिएको छ ।
१९. शैक्षिकसत्र २०७८मा आधारभूत तह(कक्षा८)उत्तीर्ण परीक्षामा सहभागी विद्यार्थीहरुले प्राप्त गरेको बास्तविक प्राप्ताङ्कका आधारमा A+,A,B+,B,C+,C,D,N ग्रेडप्राप्त गर्ने विद्यार्थीहरुको विद्यालयगत रुपमा सङ्ख्यात्मक विवरण तयारगरी सम्पूर्ण सामुदायिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, रमुख्य ५ विषय शिक्षणगर्ने शिक्षकहरु र संस्थागत विद्यालयको प्रधानाध्यापक हरुलाई सहभागी गराइ नतिजाको प्रस्तुतिकरण तथा नतिजा कमजोर आउनुका कारणहरु र सुधारका लागि सरोकारवालहरुको भुमिकाको लागि समुहगत रुपमाछलफल गरी आगामी शैक्षिकसत्रको नतिजा सुधारका लागिकार्ययोजन निर्माणकार्य गरिएको छ ।
२०. नगरपालिका भित्रका सामुदायिक विद्यालयमा शैक्षिकसत्र२०७९मा विद्याल यसञ्चालन हुनेदिन, विद्यालयमा सञ्चालनगरिने अतिरिक्त क्रियाकलाप, शिक्षा युवा तथा खेलकुद शाखाले गर्ने नियमित क्रियाकलपहरु, शिक्षकले त्रैमासिकरुपमा अध्यापन गर्ने विषयगत रुपमा विधागत क्षेत्रनिर्धारणलगायत शिक्षासम्बन्धी महत्वपूर्ण जानकारी सहितकोशैक्षिक क्यालेण्डर २०७९निर्माणगरी सम्पूर्णसामुदायिक विद्यालय तथा शिक्षकहरुलाई वितरणगरिएको छ ।
२१. शैक्षिकशत्र २०७८मा कक्षा५मा उत्तीर्ण भइ सामुदायिक विद्यालयमा कक्षा६मा अध्ययनरत विद्यार्थीहरुको उपलब्धिमापनका लागि प्रश्रपत्र निर्माणगरी कक्षा६सञ्चालित सामुदायिकविद्यालयमा सम्बन्धित विद्यालयभन्दा बाहिरको निरीक्षक नियुक्त गरी परीक्षा सञ्चालनगर्न शिक्षा शाखामा विषय शिक्षकहरुलाई आमन्त्रणगरी उत्तरपुस्तिका परीक्षणगर्ने पद्वति बसालिएको छ।
२२. शैक्षिकसत्र २०७८ . ७९ मा कक्षा ११माअध्ययन गर्नेसामुदायिक विद्यालयबाट एसइइपरीक्षाउत्तीर्ण गरेकानगर भित्रका१६वटा वडाबाट सिफारिस १जना छात्रा र१जना छात्रगरी जम्मा३२ जना गरिब तथा जेहन्दार विद्यार्थीहरुलाईरु१०,०००÷–का दरले रु३,२०,०००÷–छात्रवृत्ति रकम वितरण गरिएको छ ।
२३. नगरभित्रका सम्पुर्ण सामुदायिक तथासंस्थागत विद्यालयका १ जना शिक्षकका लागि राष्ट्रिय पाठ्यक्रम प्रारुप२०७६ अनुसार कक्षा४, ७ र९ को नयाँपाठ्यक्रम तथापाठ्यसामग्री सम्बन्धीअभिमुखीकरण कार्यक्रमस ञ्चालनगरिएको छ ।
२४. नगरभित्रका सामुदायिक विद्यालयमा कक्षा९मा अध्ययनरत ४३३विद्यार्थीका लागि वृत्ति मार्गदर्शनसम्बन्धी तलिम विद्यालय मार्फतसञ्चालन गरिएको छ ।
२५. नेपाल सरकारद्वारा देशभरिका विद्यालयहरुको शैक्षिक, भौतिकलगायत कोसम्पूर्ण विवरणरहने आई ई एम आई एस लाई अध्यावधिक गर्न र अपलोड गर्नप्राविधिक सहयोंगगरी सम्पूर्ण विद्यालयहरुको समयमै कार्य सम्पन्न गरिएको छ ।
२६. सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुसँग बैठक बसि विद्यालयबाट शैक्षिकसुधारका लागि गरिएका प्रयासहरु लगायत विभिन्न विषयमा निरन्तर छलफल तथा अन्तरक्रिया गरिएको छ ।
२७. विद्यालयको अनुगमन अवलोकन र शैक्षिक तथा भौतिक कार्यमा पृष्ठपोषणअन्तर्गत राष्ट्रपतिशैक्षिकसुधारकार्यक्रम,मुख्यमन्त्रीशैक्षिकसुधार आयोजना अन्तर्गतकाकार्यक्रम कार्यान्वयनकोअवस्थाकोअनुगमन, सामुदायिकविद्यालयकोकक्षाअवलोकन, शिक्षकसँगअन्तरक्रियारपृष्ठपोषणदिनेकार्य सम्पन्न भएको छ । त्यसैगरी वृत्ति मार्गदर्शनसम्बन्धी तालिम सञ्चालनभएका विद्यालयकोअनुगमनतथातालिमको अवलोकन गरिएको छ।
२८. दाउन्ने देवी बहुमुखी क्याम्पस र दिव्य ज्योती बहुमुखी क्याम्पसमा उच्च शिक्षामा अध्ययन गर्ने अति विपन्न परिवारका विद्यार्थीहरुलाई सम्बन्धित क्याम्पसको सिफारिसका आधारमा छात्रवृति रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
स्वास्थ्य क्षेत्र :
२९. बर्दघाट नगरपालिकामा ५० बेडको ट्रमा सेन्टर निर्माणका लागि संघीय सरकारबाट बजेट स्वीकृत भई निर्माणको प्रक्रिया अगाडि बढेको छ।
३०. ट्रमा सेन्टर निर्माणका लागि आवश्यक पर्ने जग्गा र चिसापानी अस्पताललाई स्तरोउन्नती गरी सुविधा सम्पन्न अस्पतालको रुपमा संचालन गर्दा आवश्यक पर्ने जमिनको प्राप्तिका लागि राष्ट्रिय आवास कम्पनीसँग आवश्यक समन्वय र सहजिकरण गर्न नगर प्रमुखको संयोजकत्वमा समिति निर्माण भई कार्य प्रारम्भ भएको छ ।
३१. चिसापानी अस्पतालबाट प्रदान गरिने सेवालाई प्रभावकारी बनाउनका लागि आवश्यक पर्ने जनशक्ति (दुई जना सुरक्षा गार्ड सहित स्वास्थ्यकर्मि) को व्यवस्था, औषधी उपकरण (जस्तै अल्ट्रा साउण्ड मेशिन र डिजिटल एक्सरे मेशिन खरिदको प्रक्रिया थालनी भएको) को प्रवन्ध गरिएको छ । उक्त अस्पतालको न्यूतम सेवा मापदण्डको स्तर निर्धारणको कार्य सम्पन्न भएको छ । अस्पतालको भौतिक पूर्वाधार (प्रतिक्षालय र चमेना गृह) निर्माणको कार्यप्रारम्भ भएको छ ।
३२. शहिद स्मृति सामुदायिक अस्पताल चौपत्ताको सेवाको स्तरोउन्नतीका लागि न्यूनतम सेवा मापदण्डको निर्धारण परीक्षणको प्रक्रिया अगाडि बढाईएको छ भने उक्त अस्पतालको संस्थागत विकासका लागि विनियोजित बजेट कार्यान्वय प्रक्रियामा गएको छ । उक्त अस्पताले पुर्याउने सेवालाई थप प्रभावकारि बनाउनको लागि नगरपालिकाद्वारा दुईजनास्वास्थ्यकर्मिहरुको व्यवस्था गरिएको छ ।
३३. स्वास्थ्य व्यवस्थापन प्रणालीका लागि आवश्यक पर्ने फारम छपाई गरी स्वास्थ्य संस्थाहरुमा पुर्याई जिल्लाका अरु स्थानीय तहले भन्दा अगाडि नै कार्य सम्पादन गरिएको छ ।
३४. २ वर्षमुनिका सम्पूर्ण बालबालिकाहरुलाई खोप लगाईएको सुनिश्चित गरी “उक्त समूहको पूर्णखोप सम्पन्न भएको नगरपालिका“ घोषणा गरिएको छ ।
३५. नगरपालिका भित्रका स्वास्थ्य चौकीमा रहेका प्रयोगशालाबाट आधारभूत परिक्षण जस्तै सिबिसी, टाइफाईड, सुगर, जण्डिस, दिशा पिसाब आदिको निशुल्क परीक्षणकार्यको व्यवस्था गरिएको छ ।
३६. पञ्चनगर स्वास्थ्य संस्थालाई जिल्लामा नै पहिलो पोषण मैत्री स्वास्थ्य संस्थाको रुपमा घोषणा गरिएको छ ।
३७. वर्दघाट नगरपालिकालाई १८ वर्ष माथिका जनसङ्ख्यामा १००% कोभिड –१९ विरुद्धको खोप पुरा गरी ०७९ असार २२ गते कोभिड–१९ पुर्ण खोपयुक्त नगरपालिका घोषणा गरियो
सिमसार क्षेत्रको विकास
३८. आन्तरिक पर्यटन प्रवर्धन र बन्यजन्तु संरक्षणका लागि बाउन्न घोला सीमसार क्षेत्रको विकासका लागि नीतिगत स्पष्टताका साथ कार्यप्रारम्भ गरिएको छ ।
पर्यटन प्रवर्धन
३९. धार्मिक पर्यटन प्रवर्धनका लागि वडा नं१२ अवस्थित बुद्व मंगल ताललाई बुद्वसर्किटसँग जोड्नका आवश्यक तयारी गरिएको छ ।
४०. वडा न ५, ९, १२ र१६ लाई पर्यटन विकास र स्वरोजगर सृजनामा जोड दिँदै नमूना उन्मुख वडा घोषणा गरी थप बजेटको व्यवस्था सहितकार्य प्रारम्भ गरिएको छ ।
कृषि तथा पशुपालन तर्फ :
४१. आर्थिक वर्ष २०७९।८० को बजेट निर्माणको प्रक्रियामा नै किसानका मागहरु सम्बोधनका लागि किसानहरुसँग छलफल गरी बजेट निर्माण गरिएको छ ।स्थानीय कृषि शुसासनको विश्लेषण एवम पृष्ठपोषण दिन कृषि विज्ञ मनोनयन गरिएको छ ।
४२. कृषि तथा पशुपंक्षी व्यवसाय प्रवर्धनका लागि किसानसँग नगरपालिका भन्ने कार्यक्रम आयोजना गरी किसानहरुबाटै समस्याको उठान गरी समाधान गर्ने प्रणालीको विकास गरिएको छ ।
४३. बर्दघाट१३मझौनीमाकृषिसेवाकेन्द्रस्थापनागरी सेवा प्रवाहको सुरुवात गरिएको छ भने वडा नं १४ मा रहेको भवनलाई मर्मत सम्भार गरी पशु सेवा केन्द्र संचालनको तयारी भएको छ ।
४४. साना किसानलाई ६ वटा हाते ट्याक्टर, २ वटा रिपर, २ वटा मिनि टिलर, चार लाख रुपैया बराबरको ५४ वटा मल्चिङ्ग प्लाष्टिक, पाँच लाख रुपैया बराबरको कम्पोष्ट विनहरु वितरण गरिएको छ । कृषिकर्मलाई सहज बनाउन १०० थान बहुउपयोगी कृषि यन्त्र (ठेलागाढा) वितरण गरिएको छ । कृषि समूह, कृषि फार्म, कृषि सहकारीलाई विभिन्न ब्राण्डका जैविक विषादीहरु(सुनामी ३५० पाकेट, बोल्ट ७०० पाकेट, वायोमचान ४०० पाकेट) वितरण गरिएको छ।
४५. त्यसैगरी ५ वटा समूह र १० वटा व्यवायिक फर्म १ वटा बचत तथा ऋण सहकारी संस्था दर्ता गरिएको छ ।१० वटा कृषि सिँचाई मिटरको सिफारिस गरिएको छ ।
४६. सुनौला हजार दिनका ८० जना आमाहरुलाई जैविक विषादी बनाउने र प्राङ्कगारिक तरिकाले खेती गर्ने तालिम, तरकारीको बीउ र सानो साइजको स्प्रे ट्याङ्कि वितरण गरिएको छ ।त्यसैगरी २४० जना सुनौला हजार दिनका आमाहरुलाई १२००।– ग्रामीण गिरीराज जातको कुखुराको चल्ला उपलब्ध गराइएको छ ।
४७. दुई वर्ष भन्दा कम उमेरका बालबालिकाका आमा र गर्भवति महिलाहरुका लागि पोषण कार्यक्रम अन्तर्गत२५ जनालाई जनही २५ हजारका दरले वाख्रा पालन कार्यक्रम संचालनका लागि रकम वितरण गरिएको छ ।
४८. वडा नं. २ मा रहेको बाख्रा पकेट क्षेत्रमा तीनवटा समूह गठन गरी ७५ जनालाई तालिम र स्थानीय बाख्राहरुमा नश्ल सुधारका लागि तीन वटा वोयर जातको बोका उपलब्ध गराईएको छ ।
४९. नश्ल सुधारका लागि ७५० वटा गाई भैसीमा कृत्रिम गर्भाधन सेवा प्रदान, ३१४ वटा विरामी पशुहरुलाई उपचार तथा प्राविधिक सेवा, कृषकको घर गोठमा पुगी १०,०००। गाई, भैसी, बाख्रार बंगुरहरुलाई निशुल्क खोप लगाइएको छ ।
५०. पशु आधार व्यवस्थापनका लागि किसानहरुलाई २० थान दाना बनाउने र छाटी काट्ने मेशिन उपलब्ध गराइएको छ ।
५१. वडा नं. १४शान्ति टोलमा डिपबोरिङ निर्माणकोशिलन्यास गरि निर्माण कार्य अगाडि बढाइएको छ ।त्यसैगरी साना सिंचाई कार्यक्रम तर्फ २४ वटा स्यालो ट्यूवेल, ११ वटा पानी तान्ने मटर र ११ वटा पम्सेट उपलब्ध गराइएको छ ।
सहकारी क्षेत्र
५२. आर्थिक वर्ष २०७९।८० को बजेट निर्माणको प्रक्रियामा सहकारी क्षेत्रका सुझावहरु ग्रहण गर्नका लागि सहकारी क्षेत्रसँग छलफल गरी बजेट निर्माण गरिएको छ ।सहकारी तथा सहकारी व्यवशाय र प्रविधि सम्वन्धि अध्ययन, अनुसन्धान र उपयोग सम्वन्धि कार्यहरु गर्न सहकारी विज्ञको मनोनय गरिएको छ ।
५३. नगरपालिकको समग्र विकासमा सहकारी क्षेत्रको महत्वपूर्ण भूमिकालाई आत्मसात गरी सहकारी क्षेत्र मार्फत वित्तीय साक्षरता, कृषि उपजको बजारीकरण, साना साना प्रकृतिका लगानीको प्रवर्धनका लागि सहकार्य गर्ने निर्णय भएको छ ।
घरेलु तथा साना उद्योग र लघु उद्यम विकास :
५४. लुम्विनी प्रदेश सरकारबाट जारी आर्थिक ऐन, २०७९ को दफा १२ को व्यवस्था बमोजिम यस नगरपालिकाको क्षेत्राधिकार भित्र रहेका आ=व=२०७६।०७७ सम्मको वार्षिक विवरण नवुझाएका तथा नवीकरण नगरेका प्रचलित कानुन बमोजिम दर्ता भएका प्राइभेट तथा साझेदारी फर्मले सम्वत २०७९ साल पुष मसान्तभित्र विवरण बुझाउँदा जरिवाना तथा शुल्कको पाँच प्रतिशत रकम दाखिला गरेमा बाँकी जरिवाना तथा शुल्क मिनाहा हुने नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याईएको छ ।
५५. “आर्थिक समृद्विको आधार लघु उद्यम मार्फत रोजगार“ भन्ने नाराका साथ सुरु भएको गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रम (मेड्पा) लाई लक्षित वर्गमा पुर्याउनका लागि उद्यम विकास समिति गठन गरी कार्यान्वयनको प्रक्रिया सुरु गरिएको छ ।
भूमि प्रशासन :
५६. भूमि सम्बन्धी समस्या समाधान आयोग र राष्ट्रिय भूमि आयोगले प्रकाशित गरेको सूचना वमेजिम बर्दघाट नगरपालिका भित्र बसोबास गर्ने भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले पेश गर्नुभएका निवेदन फारामहरुलाई कम्प्युटर प्रणालीमा प्रबिष्टि गर्ने कार्यको शुरुवात गरिएको छ ।
५७. नगरपालिका भित्रका विभिन्न स्थानहरुमा कन्ट्रोल प्वाइन्ट स्थापना गर्ने गृह कार्य अगाडि बढाईएको छ ।
५८. भूउपयोग ऐन बमोजिम स्थानीय भूउपयोग परिषद गठन गरिएको छ ।
५९. वडा नं ९ पंचनगरमा विगत लामो समयदेखि बसोबास गर्दै आइरहेका नागरिकहरुलाई राष्ट्रिय आवास कम्पनी लिद्वारा निकट भविष्यमा जग्गा धनी प्रमाणपत्र वितरण गर्ने व्यवस्था मिलाईएको छ ।
श्रम तथा रोजगार
६०. वैदेशिक रोजगारीको सिलसिलामा मलेशिया दुवई लगायत खाडी मुलुकमा मृत्यु भएका नागरिकका परिवारहरुलाई रोजगारदाता मुलुकबाट प्राप्त हुने क्षतिपूर्ति वापतको रकम, वीमारकम आर्थिक सहायता लगायतका सुविधाहरु मृतकका आफन्तलाई उपलब्ध गराउनको लागि वैदेशिक रोजगार वोर्ड लगायतका निकायहरुसँग समन्वय गरी समाधन गर्ने गरिएको छ ।
६१. दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाको दोश्रो चरण अन्तर्गत विल्डिङ्ग इलेक्ट्रिसियन विषयमा २० जनाका लागि कार्यगत अभ्यास सहितको १० महिने सिटिईभिटी तह दुई को तालिम संचालन लागि सूचना प्रकाशित भईसकेको छ ।
६२. वैदेसिक रोजगारीमा जान चाहने युवाहरुलाई सूचना, सीपमूलक तालिम र न्यायको पहुँच बढाउनका लागि संचालितसुरक्षित आप्रवासन परियोजना (सामि) गैर सरकारी संस्था मार्फत संचालन हुँदै आइरहेकोमा यस आर्थिक वर्षदेखि नगरपालिका आफैले संचालन गर्ने प्रवन्ध मिलाइएको छ ।
सडक यातायात र सडक सुरक्षा
६३. पूर्व पश्चिम लोकमार्ग अन्तर्गत बुटवल नारायणघाट सडक विस्तार आयोजनासँगबर्दघाट नगरपालिका सडक खण्डमा रहेका खाल्डा खुल्डि पुर्न र धुलो उड्ने समस्या समाधानका लागि आवश्यक समन्वय गरिएको छ ।
६४. नगरपालिका क्षेत्र भित्र सडक दुर्घटनान्यूनीकरण गर्न एवं नगरको सुरक्षा व्यवस्था चुस्त बनाउनको लागि टिसिएन चोकमा उच्च प्रविधियुक्त क्यामेरा र नगरका अन्य विभिन्न स्थानहरुमा सिसि क्यामरा जडानको लागि बजेट विनियोजन भई प्रक्रिया सुरु गरिएको छ ।
नगर सरसफाई, हरियाली प्रवर्धन र फोहोरमैला व्यवस्थापन :
६५. वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा शहरी सौन्दर्यकीकरणको लागि सबै वडामा धुपी कागती अमला डाले घांस बेल लगायतका करिब १० हजारविरुवा वितरणगरिएको छ ।
६६. नगरपालिका क्षेत्रबाट निस्कने फोहोरमैलालाई स्रोतमा नै वर्गिकरण गर्नको लागि सरोकारवालाहरुसँग समन्वय गरी टोलटोलमा माइकिङ्ग, रेडियो तथा टेलिभिजनबाट प्रचार प्रसार, जिङ्गल निर्माण, टोल विकास संस्थाहरुसँग छलफल लगायतका कार्यक्रम संचालन गर्ने विषयमामिति २०७९।५।१३ गते निर्णय भई कार्यान्वयनको प्रक्रियामा रहेको छ ।
६७. फोहोर संकलन तथा व्यवस्थापनको जिम्मेवारी प्राप्त गरेको बजार व्यवस्थापन समितिलाई अर्को निर्णय नभएसम्मको लागि फोहोर व्यवस्थापन ऐन, २०६८ बमोजिम अनुमति प्रदान गर्ने निर्णय भएको छ ।
६८. वडा नं १० मा अवस्थित श्री हरियाली सामुदायिक वनमा सरसफाई र वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
६९. नगरपालिका क्षेत्र भित्र क्रियाशील बजार व्यवस्थापन समितिद्वारा अस्थायी रुपमा व्यवस्थापन गरिदै आएको फोहोरमैलालाईनगर क्षेत्र भित्रको उपयुक्त स्थानमा ल्याण्डफिल्ड साइड निर्माण गरी दीर्घकालिन रुपमा समस्या समाधान गर्ने गृहकार्य अगाडि बढेको छ ।
विपद व्यवस्थापन
७०. बाढी तथा डुवानको कारणबाट हुने सम्भावित धनजनको क्षतीलाई न्यूनीकरणका लागि वडानं४ भित्रका खोलार घोलासफाईगरिएको छ ।
७१. खजुरा खोलाबाट निस्कने नदीजन्य पदार्थको अति दोहनलाई रोक्न र वर्षायामा हुन सक्ने क्षतिलाई न्यून गर्नको लागि खोलाको ठेक्का लगाउने चलनलाई बन्द गरी नदीजन्य पदार्थको अवैध उत्खनन रोक्कनको लागि नगर प्रहरीद्वारा नियमित गस्ति र जनपद प्रहरीको निगरानीलाई बढाईएको छ ।
७२. नगरपालिकाको दमकलाई सदा झै २४ घण्टा स्टाण्ड वाई राखिएको छ । दमकल संचालनमा खटिनेकर्मचारीहरुको१०लाखसम्मकोसामूहिकदुर्घटनाविमागरिएको छ
७३. स्थानीय सरकारका नगर प्रहरीको लागि पोशाकमा एकरुपता कायम होस भन्नका लागि यस नगरपालिकामा कार्यरत प्रहरीहरुको लागि नयाँ पोशाक (ड्रेसकोड) प्रस्ताव गरिएको छ
समावेशी विकास
७४. पहिलो कार्यपालिका बैठकबाट १० वर्षे जनयुद्वको क्रममा तत्कालिन विद्रोही पक्ष र सरकार पक्षबाट मृत्यु भएका शहिद परिवारलाई मासिक रु २००० उपलब्ध गराउने निर्णय भएसंगै १० जनाको निवेदन प्राप्त भएको छ ।
७५. यो अवधिमा २२ जनालाई अपाङ्गता परिचयपत्र, १२ जनालाई जेष्ठ नागरिक परिचयपत्र, ३० जना सञ्चारकर्मीलाई ३ दिने क्षमता विकास तालिम, ३० जना युवाहरुलाई ३ दिने उद्घोषण तालिम, ६० जना स्थानीय बासिन्दाहरुलाई ३ दिने अचार बनाउने सीप तालिम प्रदान गरिएको छ ।
सामाजिक सुरक्षा पञ्जीकरण तथा घटना दर्ता :
७६. सामाजिक सुरक्षा कार्यक्रमसँग सम्वद्व स्थानीय नागरिकका समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्ने गरिएको छ ।
७७. सामाजिक सुरक्षा र पञ्जीकरण तथा घटनादर्तालाई डिजिटाइजेशन गर्ने काम पूरा भएको छ ।
छाडा चौपाय व्यवस्थापन
७८. नगरपालिकाभित्रका छाडा चौपायलाई व्यवस्थापन गर्नका लागि बर्दघाट नगरपालिका र राष्ट्रिय गौं संरक्षण तथा अनुसन्धान केन्द्र, बर्दघाट–४बीच छाडा चौपाय व्यवस्थापन सम्वन्धि द्विपक्षीय सम्झौता गरी छाडा चौपाय व्यवस्थापनको कामलाई प्राथमिकतामा राखिएको छ ।
विद्युतीकरण कार्यक्रम:
७९. विद्युतसेवानपुगेकावडानं२कापहाडीक्षेत्रका७८घरमावैकल्पिकसोलारप्रविधिमार्फतविजुलीवत्तिवाल्नेव्यवस्थामिलाइएको छ ।
८०. नगरपालिका भित्रका विभिन्न स्थानमा संघीय सरकारको सहयोगमा फरक फरक क्षमताका ७ वटा विद्युत ट्रान्सफर्मर जडान गरी विद्युत आपूर्तिलाई नियमित बनाइएको छ ।
८१. सडक विस्तारका क्रममा पूर्व जडित विद्युत पोल प्रतिस्थापन भई नयाँ जडान गर्दा करिब छ लाख बराबरको लगानी गरिएको छ ।
सुशासन र सेवा प्रवाह व्यवस्थापन :
८२. वडा कार्यालयको संस्थागत विकासलाई उच्च प्राथमिकता दिई गत वर्ष भन्दा बढी बजेट विनियोजन सहित आवश्यक स्रोत साधनले सम्पन्न बनाइएको छ ।
८३. वडा सचिव र जनप्रतिनिधहरुसँग नियमित संवाद अन्तरक्रिया गर्ने र नागरिकका आवाजलाई तत्कालै सम्बोधनका लागि उच्च प्राथमिकता दिइ निरन्तर कार्य सम्पादन भएको छ ।
८४. नागरिक वडापत्र तयार भई प्रकाशनको लागि पठाईएको छ ।
८५. प्रधानमन्त्री रोजगार कार्यक्रम र सामि परियोजना अन्तर्गतका कर्मचारी भर्ना प्रक्रिया चलिरहेको छ
८६. विषयगत समितिहरु, लेखा समिति, न्यायिक समिति, राजश्व परामर्श समिति लगायतका समितिहरु गठन भएका छन् । विषयगत समितिको सक्रियता बढाई नगरका महत्वपूर्ण नीति,योजना, कार्यक्रमहरु विषयगत समितिमा छलफल गरी अगाडि बढाउने परम्पराको थालनी गरिएको छ । यस अवधिमा १० वटा नगरकार्यपालिका वैठक सम्पन्न भएका छन् ।
८७. सरोकारवालाहरुको व्यापक सहभागितामा आ.व. ०७८।०७९को वार्षिक समिक्षा गोष्ठीर सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्नगरिएको छ ।
आर्थिक प्रशासन
८८. नगरपालिकाको भुक्तानी प्रक्रियालाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्धेश्यले EFT प्रणालीलाई कार्वान्वयनमा ल्याइएको छ ।
८९. नियमानुसार कर्मचारीलाई उपलब्ध गराईने इन्धन, यातायात र मर्मतसम्भार खर्च लगायतका सुविधालाई सम्बन्धित कर्मचारीहरुको बैक खातामा उपलब्ध गराउने प्रवन्ध मिलाईएको छ.
९०. कर सहभागिता अभियानलाई हामीबाट सुरुवात गर्नको लागि नगरपालिकाको संचित कोषबाट तलब भत्ता लगायतका सुविधा बुझ्ने जनप्रतिनिधि, शिक्षक, महिला स्वमंसेविका, स्वास्थ्यकर्मि र कर्मचारीहरुले आफूले तिर्नु बुझाउनु पर्ने कर शुल्क बुझाउने र सुविधा प्राप्त गर्ने प्रवन्ध मिलाईएको छ ।
सहकार्य र समन्वय :
९१. संघीयताको मूल मर्म र धर्म ठाडो र तेश्रो समन्वय हो । यसका लागि हामी संघीय सरकार र प्रदेश सरकारसँग तत तत सरकारका निकायहरुसँग निरन्तर समन्वय र संवादमा छौ ।
९२. हाम्रो नगरभित्र रहेका विकासका साझेदार संघ, संस्था र समुदायसँगको समन्वयलाई पनि उत्तिकै महत्व दिई औपचारिक तथा अनौपचारिक छलफल, अन्तरक्रिया, संवाद चलाई रहेका छौ ।
९३. यसै सिलसिलामा कृषकसमूहहरु, बजारविकाससमितिहरु, सहकारीहरु,सामुदायिकसंघ संस्थाका प्रतिनिधिहरु, सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु लगायत सरोकारवालाहरुसँग निरन्तर छलफल र समन्वयकारी वैठकहरु सम्पन्न भएका छन् ।
आदरणीय महानुभावहरु
९४. सुशासन, विकास र समृद्विको आकांक्षा पूरा गर्न एक सय दिनको अवधि पर्याप्त होइन । तथापी यो अवधिलाई हामीले अत्यन्त महत्वका साथ ग्रहण गरेर नतिजामुखी कार्यसम्पादन लागि जुटेका छौ ।
९५. यो अवधिमा सुशासन विकास र समृद्विका केहि आशा लाग्दा कामहरुको सुरुवात गरिएको छ । हामीले सुरु गरेका कतिपय कामहरु संरचनात्मक जटिलताले गर्दा नतिजा दिन सकिरहेका छैनन् । तथापी हामी नागरिकले अनुभव गर्नसक्ने गरी नतिजा दिनका लागि क्रियाशील छौ ।
९६. रणनैतिक हिसावले महत्वपूर्ण स्थानमा अवस्थित हाम्रो नगरपालिकालाई सुशासन विकास र समृद्विका दृष्टिकोणले नमूना बनाउन प्रतिवद्व छौ ।
९७. वैचारिक हिसावले हामी फरक फरक राजनैतिक विधारधाराका भएपनि नगरको समृद्विको सवालमा हामी सबै एकै ठाउँमा छौ र हाम्रो एउटै चाहना नै नगरको चौतर्फि विकास हो भन्ने हाम्रो ठम्याई छ ।
९८. समृद्विको यो अनवरत यात्रामा सदा झै यहाँहरुबाट सहयोग, सद्भाव, रचनात्मक सुझाव र सल्लाह प्रदान गर्नु हुनेछ भन्ने विश्वास लिएका छौ ।
९९. सम्पूर्ण नगरबासी, संचारजगत र सरोकारवालाहरुबाट प्राप्त रचनात्मक सुझाव र सल्लाहलाई सधैं आत्मसाथ गर्नेछौं ।
१००. अन्तमा, हाम्रो निमन्त्रणालाई स्वीकार गरी उपस्थित हुनु भएका सम्पूर्ण महानुभावहरुप्रति पुनः हार्दिक आभार व्यक्त गर्दै यो कार्यक्रम यही समापन भएको जानकारी गराउँदछु । धन्यवाद !
शम्भुलाल श्रेष्ठ
नगर प्रमुख
बर्दघाट नगरपालिका
नगरकार्यपालिकाको कार्यालय
नवलपरासी, लुम्बिनी प्रदेश, नेपाल
२०७९।०५।१५