बर्दघाटमा टेष्टमा पोजेटिभ आएकाको स्वाब परिक्षण हुदैं

0

नवलपरासी – पश्चिम नवलपरासीको बर्दघाटमा ¥यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणमा गर्दा कोरोना पोजेटिभ देखिएको बृद्धको स्वाब परिक्षण भएको छ । बुटवल धागो कारखानामा रहेको बुटवल कोरोना विशेष अस्पतालमा राखिएको उनको स्वाब परिक्षणबाटमात्र कोरोना भए,नभएको पत्ता लाग्ने भएकाले रिर्पाेट नआउदाँ सम्म केही भन्न नमिल्ने जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरव ढकालले बताउनुभयो । १२ बजे सम्म रिर्पोट आउने बताइएपनि अझै सम्म रिर्पाेट नआएकोले आफूहरु रिर्पोटको पर्खाईमा रहेको बर्दघाट नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिनुभयो । पोजेटिभ आएका ति ७८ बर्षीय नागरिकको स्वाव भैरहवामा परिक्षण भइरहेको छ ।

You might also like