क्रान्तिकारी माओवादी र नेकपा (बहुमत) पार्टी एकता संयोजन समिति गठन

क्रान्तिकारीबीच नयाँ उत्साह पैदा

0

नवलपरासी – मोहन बैद्य किरणले नेतृत्व नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला कंचन नेतृत्वको नेकपा (बहुमत) बीच घनीभुत छलफल पश्चात पार्टी एकता संयोजन समिति गठन गरिएको छ । क्रान्तिकारी माओवादीका महासचिव बैद्य र बहुमतका संयोजक बास्तोलाले संयुक्त बक्तब्य जारी गर्दै पार्टी एकतामा आउन क्रान्तिकारी कम्युनिष्ट पार्टी, समुह, संगठन र ब्यक्तित्वहरुलाई समेत आग्रह गर्नुभएको छ । दुवै पार्टी बीचको यस किसिमको पहल पश्चिम नवलपरासी सहित देशैभरका क्रान्तिकारीबीच नयाँ उत्साह पैदा भएको जनाइएको छ ।

You might also like