तिलोत्तमाको मतगणनामा कर्मचारीबाटै धाँधली भएपछि पुनः गणना गर्न दलहरूको माग
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मतगणनामा खटिएका कर्मचारीले धाँधली गरेको प्रति राजनीतिक दलहरूले ध्यानाकर्षण भएको जनाएका छन् ।
संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले राष्ट्रसेवक कर्मचारीहरुबाट नै अत्यन्तै गैरकानुनी र गैरजिम्मेवारीपूर्ण काम भएको बताएका हुन् ।
सात राजनीतिक दलहरुले कुनै अमुक दलको दलीय प्रभावमा परि अन्य दलहरुले प्राप्त गरेको मत संकेतलाई गलत रुपमा प्रस्तुत गर्ने, प्राप्त मत अंकलाई गलत रुपमा प्रस्तुत गरी मतपरिणामलाई तोडमोड गरी अमुक कुनै पार्टीलाई जिताउने नियतले काम गरेको र अमूक दलबाहेक अन्य दलका मतगणना प्रतिनिधिहरुबाट गल्तीलाई सच्याउन पटकपटक दिएको सुझावलाई पूर्णरुपमा बेवास्ता गर्ने गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
उनीहरुले सम्पूर्ण मतपत्रहरुको यथार्थ छानबिन गरी पुनः मतगणना गर्ने व्यवस्था मिलाउन प्रमुख जिल्ला निर्वाचन अधिकृत र निर्वाचन आयोग आयोगको ध्यानाकर्षण गराएका हुन् ।
नेपाली कांग्रेसका तिलोत्तमा नगर सभापति हरिलाल पाण्डेले निर्वाचन कार्यालयका कर्मचारीको गलत भूमिकाप्रति आपत्ति जनाए।
पत्रकार सम्मेलनमा माओवादी केन्द्रका नगर अध्यक्ष बेलप्रसाद शर्मा, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष कृष्ण प्रसाद भूसाल, जनता समाजवादी पार्टी नेपालका व्यासमुन थारु, राष्ट्रिय जनमोर्चाका रुकबहादुर पराजुली, राष्ट्रिय जनमुक्ति पार्टीका राधिका श्रीष, राष्ट्रिय प्रजातन्त्र पार्टी भुवन खनालले ध्यानाकर्षण भएको जनाएका हुन् । bbahrakhari