काठमाडौं । कोट पाइन्ट र टाई लगाएका विद्यार्थीका विचमा एकजना बृद्धआमा लौरो टेक्दै पुग्छिन् । काठमाडौंको तीनकुनेमा रहेको वानेश्वर क्याम्पसमा विद्यार्थीका विचमा देखिने यी बृद्ध आमाले रातो साडी, रातो चोलो लगाएकी छिन् भने पछाडी झोला पनि बोकेकी छिन् । कतिलाई लाग्दो हो यी आमा कुनै विद्यार्थीकी अभिभावक होलिन् ।
यथार्थ अलि फरक छ । यी आमा आफैं विद्यार्थी हुन् । ६८ वर्षिय रत्नकुमारी सुनुवार हरेक दिन कलेज आउछिन् पढनका लागि अहिले उनी सोही कलेजमा कक्षा ११ मा अध्ययनरत छिन् ।
सानै उमेरमा विवाह भएको र घर व्यवहार सम्हाल्नु परेकाले पढने चाहना अधुरै रहेको उनको भनाई छ । तीन छोरा र एक छोरीकी आमा रत्नकुमारीले आफना सबै सन्तालाई उच्च शिक्षा दिइन् । छोरा छोरी र नाति नातिनाको सहयोगले अहिले उनी आफ्नो अधुरो इच्छालाई पूरा गर्न लागेको उनी बताउछिन् ।
उनका कक्षामा सबै नातिनीका विद्यार्थी छन् भने उनलाई पढाउने शिक्षिका पनि नातिनी उमेरकै छन् । अहिले आँखा समस्या भएकाले पढ्न समस्या परेको बताउछिन् । आफु भन्दा कम उमेरका महिलालाई पढ्न प्रेरण मिलोस् भनेर पढन थालेको उनको भनाई छ । rajdhanidaily