प्रकाश बमले मतान्तर फराकिलो बनाउँदै, कसको कति मत ?

0

धनगढी : नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशनअन्तर्गत जारी मतगणनामा सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले अग्रता फराकिलो बनाउन थालेका छन्। क्षेत्र न १, २, ३, ४ को मतगणना गर्दा बमले अग्रता कायमै राखेका हुन्।

बमले ९२१ , नारायणदत्त भट्टले ८२३ र रामबहादुर कलेलले १७४ मत पाएका छन्। आज साढे २ बजेदेखि मतगणना सुरु भएको थियो। अहिले सभापतिको मात्रै मतगाणना भइरहेको छ।
पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसके दोस्रो चरणमा १८ गते मतदान हुने निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले बताए। आइतबार भएको मतदानमा २ हजार ४८५ जना प्रतिनिधिले सहभागीता जनाएका थिए।dineshkhabar
You might also like