सुनवल-७ का वडाध्यक्ष दाहाललाई प्रश्न : ज्यामिरे-अस्नैया सडकखण्ड (बौद्धमार्ग)  कहिले बन्छ ?  

0

बौद्धमार्ग भनेर चिनिने ज्यामिरे-अस्नैया सडकखण्ड दिनानुदिन बिग्रदो अवस्थामा छ । लगभग २० टन क्षमता रहेकाे याे बाटाे निर्माण भैईसकेपछी केही बर्षसम्म राम्रै अवस्थामा रहेको थियो ।  तर पछिल्लो ४ बर्ष यता बाटो झनपछि झन बिग्रदै गएको छ । अहिले त हिंड्नै नसकिने खाडलहरूले बाटो भरिएका छन् र सडकमा धुलो पनि सोही अनुपातमा अत्याधिक उड्ने गर्दछ । अहिले सुनवल-७ मा अवस्थित वडाबासीहरू बाटोको बिग्रदो अवस्थाले दिक्क भैईरहेको बताउछ्न । धुलोले भरिएको कारण स्वास्थ्यमा पनि समस्या आएको उनिहरु बताउछन् । बाटोमा हिंडडुल गर्न निकै सकस छ । बाटो कहिले बन्ला भन्ने प्रश्न र बाटो चाडैं बनाेस् भन्ने झिनो अपेक्षामा वडाबासीहरू रहदैं अाएका छन् । कतिले त बाटो बनाउन सकेनन् भनेर विरोध समेत जनाईरहेका छन । जनताको यहि गुनासो र जनस्तरबाट आएका सवालहरुलाई मध्यनजर गर्दै हामीले सुनवल नगरपालिका वडा न. ७ का अध्यक्ष बसन्तराज दाहालसंग छाेटाे संवाद गरेका छौ । प्रस्तुत छ, सेतोमसीका लागि सुस्मन विश्वकर्माले वडाध्यक्ष दाहालसंग गरिएको कुराकानीको सम्पादित अंश – सम्पादक

ज्यामिरे-अस्नैया सडकखण्ड (बौद्ध मार्ग ) निकै बिग्रदो अवस्थामा  छ । खाडल र धुलाेमैलाेले बाटाे भरिएको छ । अहिले सम्म किन बन्न सकेन र कहिले बन्छ त बौद्ध मार्ग ?

सुनवल नगरपालिकाको ज्यामिरे अस्नैया सडकखण्ड (बौद्ध मार्ग) मा देशका दुई राष्ट्रियस्तरका उद्योगहरु तानसेन सिमेन्ट र लक्ष्मी स्टील जस्ता दुई ठुला उद्योगहरु स्थापित भए । र यस मार्गमा ती उद्योगका गाडीहरु कुद्न थाले । बाटोको क्षमता २० टन भन्दा धेरै थिएन तर उद्योगहरुको आवस्यकता पूरा गर्न यसमार्गमा ८० टन भन्दा बढीका  गाडीहरु कुद्न थाले । बाटोको क्षमता भन्दा बढीका गाडी कुद्न थालेसंगै बाटोको अवस्था बिग्रेको हो । बाटो  तहसनहस हुनुको मुलतः कारण यहि हो । कसैको बाटो भत्क्याउन बिग्रान चाहेर बाटो भत्किएको होईन । जनप्रतिनिधिले बाटो बिगारे भनेर आरोप लगाईरहनु उचित ब्याख्या र तर्क होइन ।

अर्को कारण करिब ३ बर्ष अगाडी चाईना ईनभेस्टमेन्ट बैंक नेपालको प्रोजेक्टमा काम गर्न ईच्छ्याएको थियो । जसका लागि तत्कालीन अर्थमन्त्री र प्रोजेक्टका प्रतिनिधि बिचभएको छलफलमा नेपाल सरकारले २.५ प्रतिशत भन्दा बढी ब्याज नदिने प्रस्ताव अघि सारेको थियो जहाँ चाईनाले ७/७.५ प्रतिशत ब्याजको माग गरेको थियो । यसैबीच नेपाल सरकारको भौतिक पुर्वाधार मन्त्रालयद्वारा ज्यामिरे देखि रामग्राम जोड्ने कालिका टाेलसम्मको िडपिआर पार्ने सौभाग्य पनि हामी हामीलाई प्राप्त भएको थियो । जुन प्रोजेक्टले यश बाटोमा ६३ करोड बराबरको खर्च गर्ने  िडपिआर कोरेको थियो । तर पछि नेपाल सरकार र प्रोजेक्टका प्रतिनिधिबीच ब्याजको कुरामा सम्झौता हुन नसक्दा त्यो प्रोजेक्ट पनि आउन सकेन र बाटोको अवस्था पनि अलपत्र बन्यो । यो पनि बाटो नबन्नुको अर्को महत्त्वपूर्ण कारण हो ।

अब कुरा रह्यो बाटो कहिले बन्छ ? भन्ने । चाईनाको प्रोजेक्ट असफल भएसंगै हामीले बौद्ध मार्ग पुनर्निर्माणका निमित्त अर्थमन्त्रालय,प्रदेश सरकारको भौतिक पुर्वाधारमा फाईल दर्ता गरायौ । त्योसंगै भौतिक पुर्वाधार मन्त्रालयबाट ३.५ करोड विन्योजन भयो र वडाकाे तर्फबाट ८६ लाख बजेट  विन्योजन गरेर अहिले १ किलोमिटर बराबरको बाटो निर्माण भैई नै रहेको छ । जहाँ स्थानीय निर्वाचनको पुर्वसन्ध्या मै हामीले त्यो बाटो सम्पन्न गर्दैछौ ।

अब कुरा गरौँ त्यसबाहेकको बाटोको हामीले सहरी बिकास मन्त्रालयका मन्त्री ज्युहरु मन्त्रालयका सचिव ज्युहरुसंग नगरपालिकाका मेयर, उपमेयर, जनप्रतिनिधि, उद्योग संचालक लगायत बसेर धेरै पटक छलफल गर्यौ । सहरी बिकास मन्त्रालयले पनि यस बाटोको  िडपिआर तयार पारेको छ । विभिन्न पुर्वाधार निर्माण र बिकासलाई मध्यनजर गर्दै मन्त्रालयले ३ शीर्षकमा भन्दाबढी विभाजन नहुने गरि बहुवर्षिय रुपमा संचालनबहुने २० करोड रुपैयाँ  विनियोजन गरेको छ र नगरपालिका को कार्यपालिकाको बैठकमा मन्त्रालयका सह-सचीव ज्युको उपस्थितिमा उहाँले तिनवटा सेक्तरको योजना बनाएर पठाउनुस हामीले यहि वर्ष यी योजनाहरुको टेन्डर आह्वान गर्ने सहसचिव ज्युको निर्देशन अनुसार  हामीले बौद्ध मार्गलाई १ नम्बरमा राखेर पठाएको अवस्था छ । तसर्थ बाटो ढिलोचाडाें अवस्य बन्छ ।
वडामा भएका उद्योगका सवारीसाधनलाई थेग्नसक्ने क्षमता भएको एउटा स्तर र मापदण्ड पूरा गरेको बाटो बनाउन हामी प्रतिबद्ध छौ र त्यो बाटो हामी सबैले चाडैँ प्राप्त गर्नेछौ यसमा कुनै संका छैन ।

बौद्ध मार्गमा धुलोको नियन्त्रण गर्न उद्योगहरुलाई पानी छम्कन वडाले निर्देशन गरेको थियो । अहिले त्यो काम पनि हुन सकेको छैन । वडा र जनप्रतिनिधि किन यति जिम्मेवारविहिन भएको ? धुलोले जनता अस्वस्थ भैईरहदा पानी छम्क्नुस भनेर खबरदारी गर्न किन सक्नुभएन ?

हामी वातावरण र स्वास्थ्य को ख्याल गर्नुपर्दछ । तेहि अनुरुप केही दिन पहिले हामी वडाका जनप्रतिनिधि,राजनीतिक दलका नेताहरु,उद्योग संचालकहरु लगायत बसेर छलफल गरेका छौ । हामीले उहाहरुलाई तपाईहरुले वातावरणमा र मानिसको स्वास्थ्यमा आच आउने क्रियाकलाप गर्न पाउनुहुदैन तपाईहरुले उद्योग दर्ता गर्दा नेपाल सरकारसंग गरेका प्रतिबद्धताहरुको पालना गर्नुपछ भनेर हामी लिखितरुपमा निर्देशन गरेका छौ । र पाल्पा सिमेन्ट र लक्ष्मी स्टील दुवैलाई जनतालाई सहज हुने तवरले पानी छम्कन निर्देशन समेत गरेका छौ । अब धुलो उड्ने सम्स्या पुनः दोहोरिदैन ।

सुनवल स्वास्थ्य चौकीको स्तरोन्नति गरि १५ सैयाको हस्पिटल सुनवल -८ बनाउन एक ताका ७ र ८ का जनप्रतिनिधिले खुब कसरत गर्नुभएको थियो तर अहिले त्यो विषय कता हरायो हरायो ? सेलायो भन्छन जनताहरु ? यस विषयमा प्रष्ट पारिदिनुहोस ?

संघीय सरकारद्वारा  सुनवल-७ र ८ का लागि सुनवल स्वास्थ्य चौकीको स्तरोन्नति गर्न बजेट बिनोयोजन गरिएको थियो । नगरपालिकामा बहुमतको दम्भका कारण स्तरोन्नति कार्यक्रमलाई बनकट्टी लाने निर्णय नगरपालिकाले गर्यो जुन निकै बलपूर्वक लिएको र शक्तिको अाडमा लिईएको निर्णय थियो ।

बर्षायाममा वडाका विभिन्न ठाँउमा बाढीले समस्या निम्तिएको हुन्छ । वडा वाढीका कारण समस्यामा परेकालाई राहत वितरण गर्नमात्र सिमित रह्यो तत्बन्धन गर्न सकेन भन्ने जनताको गुनासो छ । के यो सत्य हो या मिथ्या आरोप हो ?

आम नागरिकलाई राम्रो काम र कुराको सहि तवरले मुल्यांकन विश्लेषण गर्न म आग्रह गर्दछु । राजनीति शक्ति प्राप्त गर्न हामीले गरेका राम्रा कामहरु लुकाई झुठोकुरा प्रचारप्रसार गरेर कसैलाई फाईदा गर्दैन । हामीले बाढीको समस्या समाधान गर्न जनता राहत दिने काम मात्र गरेका छैनौ आम जनतालाई जान्कारी होस । हामीले केही समय पहिले प्रदेश सरकारले विनियोजन गरेको चानचुन १५ लाख बराबरको तत्बन्धनको काम गरेका छौ । अहिले चारपालाबस्ती  नजिकै लगभग ३५ लाख बराबरको तत्बन्धन कार्य गरिरहेका छौ ।त्यसकारण एकपटक अन्वेषणi गर्नुहोस हामीले तत्बन्धनको लागि कति काम गरेका छौ । झुठो  र भ्रामक कुराहरु प्रचार नगरी जनतामा सत्य सन्देश प्रवाह गर्ने कुराको आवश्यकता देख्दछु ।

एेतिहासिक महत्त्व बोकेको देवदह तालको बिकास गर्न वडा सफल भयो कि असफल ? कसरी समिक्षा गर्नुहुन्छ ? 

देवदह ताल एेतिहासिक महत्व बोकेको ताल हो । वास्तवमै यो ताल गौतम बुद्धकि आमा र गौतम बुद्ध नुहाउने ताल हो । यसलाई पर्यटकिय  रुपमा समेत बिकास गर्न हामी तत्पर छौ । हामीले कयौ पटक तालका निमित्त बजेट बिनियोजन गरेका छौ । पछिल्लो समय पनि वडाको हैसियत अनुसार १० लाख रुपैयाँ तालको लागि छुट्टाएका छौ । केहि समय अगाडी राष्ट्रपति स्वरोजगार कार्यक्रम अन्तर्गत नगरपालिकाको द्वारा २२ लाखको लागतमा पोखरीको सरसफाइ पनि गरेका थियौ  । समग्र हामी तालको र त्यस क्षेत्रको बिकास गर्न प्रतिबद्ध छौ ।

चुनावी माहोलमा विभिन्न किसिमका प्रतिबद्धता व्यक्त गर्नुभयोहोला । ती प्रतिबद्धता जनतालाई प्रभाव पारेर राजनीति हात पार्न थिए कि पूरा गर्न थिए ? जनताले केही पनि पूरा गरेनन् भन्छन,  फर्केर हेर्दा ती सबै प्रतिबद्धता पूरा गर्नुभयो त ? 

मैले नेतृत्वप्राप्त गर्न कहिलै झुठो कुरा गरेन र गर्न चाहदिन । रह्यो कुरा प्रतिबद्धताको सबै कुरा पुर्ण भएका छैनन केहि गर्न अझै बाकी नै छ त्यो म स्वीकार गर्दछु तर केही पनि भएको छैन भन्ने विषयलाई म स्वीकार गर्दैन । हामीले सिचाईको क्षेत्रमा पनि राम्रो बिकास गरेकाछौ । अबका दिनमा किसानलाई पानीको दुख हुने छैन । स्वास्थ्यको हिसाबले पनि हाम्रो आधारभुत स्वास्थ्यका लागि भाडामा संचालन गरिएको अवस्था थियो अहिले आफ्नै भवन सेवा प्रवाह गरिरहेका छौ । शिक्षाको क्षेत्रमा पनि हामी उल्लेख्य सफलता हासिल गरेका छौ । यश वडाकाे हरेक सामुदायिक विद्यालय गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ । उदाहरणको रुपमा ज्योती मा.वि लाई पनि हेर्न सक्नुहुन्छ । क्याम्पस कै कुरा गर्नुहुन्छ भने क्याम्पसका लागि पनि पटक-पटक बजेट बिनियोजन गरेका छौ ।

आफ्नो कार्यकाललाई कसरी लिनुहुन्छ ? सफल/अर्थपूर्ण कि असफल/अर्थविहिन ?

– समग्रमा मैले आफ्नो कार्यकाललाई सफल कार्यकालको संज्ञा दिन चाहन्छु । किनकी हिजो हामी जनप्रतिनिधिको रुपमा आईसकेपछी  समग्र वडाकाे बिकास भएको छ । हामीले ५ वर्ष नै सुसाशन र बिकास दिने प्रयत्न गरेउ । नीतिभन्दा बाहिर रहेर कहिलै काम गरेनौ । मैले यति चाहिँ  दावी गरेर भन्छु कि मैले कतै अनियमितता गरेको छैन । सबै काम सोछे सरह भएनन् होला तर जति काम गरे मैले सत्य र निष्ठाका साथ गरे । र भ्रष्टाचारमुक्त समाज निर्माण गर्न केहि योगदान दिए । समग्र वडाको बिकासमा मैले गर्न मिल्ने र गर्न सक्ने जति काम गरेको छु ।  बौद्ध मार्ग बिग्रदो अवस्थामा भएता पनि अन्य विभिन्न स्थानमा बाटो बनाएको छु । कहि कतै कुनै काम पुर्ण गर्न सकियन होला तर प्राय काम पूरा गर्दैछु ।  त्यसअर्थमा म मेरो कार्यकाल सफल र अर्थपूर्ण भएको मान्दछु ।  setomasi

You might also like