युरोपियन युनियनद्धारा रुसका उडानमाथि प्रतिबन्ध
उनले भनेका छन्– हामीले रुसका सबै प्रकारका उडानहरु, रुसी एयरलाइन्सका जहाजहरु र रुसबाट उडेका सबै प्रकारका जहाजलाई युरोपियन देशका आकासमा बन्द गराएका छौँ ।रुसी सैनिक अपरेसनका कारण धेरै विमानहरु एडेका र ती विमान युक्रेनमा हमला गर्नका लागि पुगेका भन्दै त्यसमा प्रतिबन्ध लगाइएको उनले बताएको हो ।
रुसले युक्रेनमाथि आक्रमण गरेको आज पाँचौँ दिन पनि रुसी सैनिकहरू युक्रेनको राजधानी किभ सहरमा छन् । राजधानी किभका सबैतर्फबाट रुसी सेनाले घेरा हालेको युक्रेनले जनाएको छ ।यहाँका नागरिकहरुले सामाजिक सञ्जालमा राखेका भिडिओहरूमा रुसी सेनाका टयांकरहरु युक्रेनको राजधानी किभमा गुडिरहेको देखिएको छ ।
युक्रेनमाथि गरेको सो आक्रमणको विरोधस्वरुप युरोपियन युनियनले रुसका विरुद्धमा यो प्रतिबन्ध लगाएको जनाइएको छ ।khabardabali