आगलागीबाट पाँच जनाको मृत्यु, शोकमा बजार बन्द

0
दाङ । दाङको तुलसीपुर उपमहानगरपाकिा वडा नं. ५ ‘ङ’ लाईन स्थित जुत्ता चप्पलको गोदाममा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । चार जना बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ । अर्घाखाँची पुर्खेउली घर घइ तुलसीपुरमा भाडामा बस्दै आएका ४० बर्षीय नगरदिन अली, उनकी १३ बर्षीया छोरी सुजिता खातुन अली र ५ बर्षीय छोरा अविददिन अलीको मृत्यु भएको छ । आगो लागेको थाहाँ पाएपछि नगरदिन श्रीमति र बुवालाई बाटो ल्याई सुतिरहेका छोरा छोरी लिन भनेर गएपनि उहाँ फर्केर आउन सक्नु भएन ।

त्यस्तै पुर्खेउली घर सुर्खेत भई हाल सोही घरमा भाडामा बस्दै आएका १६ बर्षीय मसिन बकस र उनका भाई १४ बर्षीय हसन बकसको निशास्सिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुसलीपुुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकरी दिनुभयो ।

प्रहरीका अनुसार बिद्युत सर्ट भइ राति १ बजेतिर आगोलागि भएको थियो । बिहान साढे ७ बजेतिर मात्रै शब निकालिएको हो । मतक मध्ये घरको तेस्रो तलाबाट ३ जना र चौथो तलाबाट २ जनालाई निकालिएको हो । पाँचै जना निसास्सिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही घरको पाँचौ तलामा बस्दै आएका पसलमा काम गर्ने ४५ बर्षीय तुसलीपुर ९ दोघरेका ४५ सुकलाल बस्नेत भने अरुले आगो लागेको खबर गरी उठाएको हुँदा भाग्यले जोगिन सफल हुनु भयो ।

इलाका प्रहरी कार्यालय तुलसीपुुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयको सक्रियतामा आगो बिहान १० बजेपछि मात्रै नियन्त्रणमा आएको हो । आगो नियन्त्रणकालागि तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकल समेत प्रयोग भएको थियो । यसैबीच शुक्रबर शोकमा तुलसीपुर बजार बन्द हुने भएको छ । सोमबार तुलसीपुर बजार बन्द भयो । संघका महासचिब विनिल केसीले शोकमा बजार बन्द गरिएको जानकारी दिनुभयो ।butwalonline

You might also like