क्रान्तिकारी युवा लिगको अध्यक्षमा महर्जन महासचिवमा कठायत

0

हेटौडा – क्रान्तिकारी युवा लिग, नेपालको प्रथम राष्ट्रिय सम्मेलन अमिर महर्जन ‘आकाश’को अध्यक्षतामा ३६ सदस्यीय केन्द्रीय समिति चयन गर्दै भव्य रुपमा सम्पन्न भएको छ ।

सम्मेलनबाट उपाध्यक्ष त्रय केशव ढल्कुटी, उत्तम थापामगर र गंगा महतो निर्वाचित भएका हुनुभयो । निर्वाचित समितिको महासचिवमा दिलबहादुर कठायत, सचिव द्वयमा रबिन लिम्बु र सागर क्षेत्री र कोषाध्यक्षमा ज्ञानु खतिवडा निर्वाचित हुनुभएको छ ।

समितिको सचिवालयमा सुरेश तामाङ, तिलक अधिकारी, लालकिरण, रोमन महर्जन, विक्रम थापा, ईन्द्र गौतम, ईन्द्र चिमोरिया र सदस्यहरुमा असल तामाङ, रवि अधिकारी, असलहरि विक, किरण मगर, ईन्द्र गुरुङ, राजकुमार सुनार, कल्पना गौतम, छोटु (विनय), प्रगति, महेश, गोविन्द, वासु, रामकिशोर दास, लक्ष्मी, हरिनारायण यादव, देव मुण्डा, संघर्ष, प्रवेश कार्की, नरेश राउत, कुल बहादुर श्रेष्ठ र जलन रुचाल हुनुहुन्छ ।


बन्दसत्रको कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, देजमोका अध्यक्ष सीपी गजुरेल ‘गौरव’, पीवीएम तथा प्रदेश नम्बर ३ का सेक्रेटरी दिनेश शर्मा, सीसीएम फुर्वा तामाङ, दोलखा सेक्रेटरी क. गोविन्द र मकवानपुरका सेक्रेटरी क. पारसको उपस्थिति रहेको थियो ।

You might also like