प्रेस चौतारी पश्चिम नवलपरासीको छैठौ अधिबेशन सम्पन्न
गौतमको नेतृत्वमा नयाँ समिति
नवलपरासी : प्रेस चौतारी नेपालको पश्चिम नवलपरासीको शुक्रवार परासीमा सम्पन्न छैठौ अधिबेशनले मेघराज गौतमको अध्यक्षतामा १५ सदस्सीय जिल्ला शाखा चयन गरेको छ । समितिको उपाध्यक्ष द्वयमा गौरीशंकर जयसवाल र जसुदा भुसाल सचिवमा रामु भुसाल सहसचिवद्वयमा संजय कण्डेल र अभिशेष राव कोषाध्यक्षमा माधव प्रसाद घिमिरे चयन हुनुभएको छ ।
त्यस्तै सदस्समा जिवन न्यौपाने , सुरेश यादव , सुकदेव तेली , लक्ष्मी अर्याल, महेश यादव, अमृता विक , सुन्दर न्यौपाने चयन हुनुभएको छ ।
त्यस्तै चौतारीको आसन्न केन्द्र तथा प्रदेश अधिबेशनका लागि प्रतिनिधि समेत चयन गरिएको छ । जसमा केन्द्रीय प्रतिनिधि तर्फ शान्ता भण्डारी , प्रमोद अर्याल र विकास अधिकारी , प्रदेश प्रतिनिधिमा ईन्दिरा विक ,रामजी लौडारी नारायण पराजुली , मोहन पौडेल र मालती न्यौपाने चयन हुनुभएको केन्द्रीय सदस्य केशव पराजुलीले जानकारी दिनुभयो ।प्रेस चौतारी नेपालको जिल्ला शाखामा ५८ सदस्य रहेका छन् ।
अधिबेशन उद्घाटन सत्रमा प्रमुख अतिथि नेकपा ( एमाले ) केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश ईञ्चार्ज छविलाल विश्वकर्माले देश परिर्बतनका दिशामा अगाडि बढेकोले पछाडि फर्कने कुनै कल्पना हुनै नसक्ने बताउदै प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य बिमला अर्याल , जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारि , जिल्ला सचिव तथा बर्दघाट नगर प्रमुख धीरज शर्मा बस्याल, सबिधान सभा सदस्य सिन्धु जलेशा, नवलपरासी उद्योग बाणिज्य संघका अध्यक्ष केशव भण्डारी ; उमानाथ पोख्ररेल ; शान्ता भन्डारि लगायतले बोल्दै प्रेस चौतारीमा सर्बसम्मत नेतृत्व चयन गरेर उदाहरणीय रुपमा काम गर्न सुझाव राख्नुभएको थियो ।
कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सचिव भरत केसीले नेपाल पत्रकार महासंघको प्रदेश तथा केन्द्रको नेतृत्व निकम्मा भएको चर्चा गर्दै चौतारीलाई निर्वाचनमा बाहिर राखेको प्रतिफल महासंघले भोग्दै आएको बताउनुभयो । उहाँले नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीले राम्रो काम गर्दै आएको समेत उल्लेख गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्माले जिल्लामा जुनसुकै दलमा आस्था राख्ने पत्रकार भएपनि महासंघको चुनावका समय भन्दा अन्य समयमा दलीय छाया महासंघमा पर्न नदिने बताउनुभयो ।
कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका महासचिव तथा नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका निर्वतमान कोषाध्यक्ष रवि पाण्डेयले पत्रकारिताले वाचडगको भुमिका निर्वाह गर्नुपर्नेमा शासनसत्ताको काखमा बसेर पत्रकारिता भइरहेको उल्लेख गर्नुभयो ।कार्यक्रम शाखा अध्यक्ष मोहन पौडेलको अध्यक्षता सहसंयोजक कुष्माकर ढकाल (कृष्ण)को संचालन र मालती न्यौपानेको स्वागतमा भएको थियो ।